PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

ओम्नी प्रकरणमा छानविन गर्न लेखा समितिले दियो अख्तियारलाई निर्देशन



ओम्नी प्रकरणमा छानविन गर्न लेखा समितिले दियो अख्तियारलाई निर्देशन

काठमाडौं : प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो।

सम्बन्धित समाचार : ओम्नीलाई राज्यकोषबाट एक पैसा पनि दिएको छैन, कसरी भयो भ्रष्टाचार : स्वास्थ्यमन्त्री ढकाल

बैठकका निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले भने, 'यो खरिद प्रक्रिया पूर्ण रुपमा नियमसंगत नभएको कारणले र यसमा विभिन्न पदाधिकारीहरुको संलग्न हुनुहुन्छ। उहाँहरु दोषी हुनुहुन्छ। दोषी करार गर्ने अवस्था सिर्जना भएको हुनाले यसको थप छानविन गरेर कोको दोषी हुनुहुन्छ, कसकसले अनियमितता गर्नुभएको छ त्यो कुरा पहिचान गरेर कानूनी कारबाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पाउने गरी निर्णय भएको छ। त्यो निर्देशन समितिको तर्फबाट आयोगलाई पठाउने छौं र त्यसको अनुसन्धान अगाडि बढ्छ भन्ने हामीलाई लाग्छ।’

समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell