PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बबरमहलमा प्रचण्ड-नेपाल समूहको हस्ताक्षर संकलन, १० फोटोमा हेर्नुस्

बबरमहलमा प्रचण्ड-नेपाल समूहको हस्ताक्षर संकलन, १० फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले हस्ताक्षर संकलन गरेको छ।

पार्टी केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरेर निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको एक नेताले जानकारी दिए।

निर्वाचन आयोगमा दलको आधिकारिकताका लागि र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरेको प्रमाण आयोगमा पेश गर्न हस्ताक्षर संकलन गरिएको हो।

अहिले बबरमहलस्थित कार्की पार्टी प्यालेसमा प्रचण्ड र नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसिरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell