PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

संसद विघटनविरुद्ध वीरगंजमा प्रदर्शन, संकटकाल लगाएर ओली सदैव प्रधानमन्त्री बन्न चाहेको जसपा नेताको आरोप



राधेश्याम पटेल

संसद विघटनविरुद्ध वीरगंजमा प्रदर्शन, संकटकाल लगाएर ओली सदैव प्रधानमन्त्री बन्न चाहेको जसपा नेताको आरोप

वीरगंज : प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजावादी पार्टीले आज वीरगंजमा प्रदर्शन गरेको छ। वीरगंजको घण्टाघरबाट सुरु भएको विरोध प्रदर्शन मकालु चोक, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो।

संसद विघटनको विरोधमा जसपाले आज देशभर विरोध कार्यक्रम आयोजना गरेको हो। त्यसै क्रममा वीरगंजमा भएको प्रदर्शनमा जसपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावादी सोचको साथ देशमा तानाशाह बन्न खोजेको आरोप लगाए। ओली देशमा संकटकाल घोषणा गर्न तर्फ लागेको आरोप समेत नेताहरुले लगाएका छन्।

जसपा नेता प्रदीप यादवले प्रधानमन्त्री ओली निरकुंश बनेको अवस्थमा देश जोखिममा फस्दै गएको आरोप लगाए। उनले देशमा संकटकाल लगाएर सत्ता लम्ब्याउने खेलमा ओली लागेको आरोप समेत लगाएका छन्।

'ओलीले देशमा चुनाव गराउँदैनन्। विस्तारै संकटकाल लगाएर सदैव प्रधानमन्त्रीको कुर्सीमा बसेर सत्ता लगाउन मात्र खोजेका हुन्' उनले भने।

कोणसभामा जसपा नेता हरिनारायण रौनियारले ओलीको राष्टघाती कदमको विरोध गर्दै संसद पुर्नबहाली गर्न जसपा लाग्ने बताए।

भने, 'हाम्रो आन्दोलन जारी छ। पार्टीको निर्देशन अनुसार सडक संघर्ष जारी छ।'

जसपाका केन्द्रीय सदस्य शिव पटेलले ओलीको कारण देशमा लोकतन्त्र तथा संविधानको हत्या भएको बताए।

यस्तै, प्रदेश २ सांसद प्रहालाद गिरीले ओलीलाई गल्तीको सजाय जनताले दिने बताए।

भने, 'ओलीले यस्तो गल्ती गरेका छन्। त्यसको दण्ड जनताले सय कोडा हानेर दिनेछन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell