PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ओली क्याम्पमा बसेपछि प्रदेश सभामा पराजित पूर्वमाओवादी नेता दावालाई केन्द्रीय मन्त्रीको चिठ्ठा



ओली क्याम्पमा बसेपछि प्रदेश सभामा पराजित पूर्वमाओवादी नेता दावालाई केन्द्रीय मन्त्रीको चिठ्ठा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा पराजित उम्मेद्वारलाई मन्त्रीमा शपथ खुवाउँदै छन्। सिन्धुपाल्चोकमा अधिकांश प्रचण्ड माधव क्याम्पतिर लागेपछि प्रदेश सभामा पराजित पूर्व माओवादी नेता दावा तामाङलाई केन्द्रीय मन्त्रीको चिट्ठा परेको हो। रामबहादुर थापा बादल निकट मानिने उनलाई ओलीले शिक्षामन्त्रीको जिम्मेवारी दिन लागेको बताइएको छ।

पूर्व माओवादीका भए पनि दावा ओली क्याम्मै अडिए। दावा प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका निमा लामासँग पराजित भएका व्यक्ति हुन्। 

वाम गठबन्धनविरुद्ध काँग्रेसका निमाबाहेक अरु दुई क्षेत्र र तीन प्रदेश नेकपाले जितेको थियो। पूर्व सभासद्समेत रहेका माओवादी केन्द्रका दावालाई १९७ मतले पराजित गर्दै कांग्रेसका निमा लामा प्रदेश सभा सदस्यमा विजयी भएका थिए। लामाले १८ हजार ९०५ मत पाए भने तामाङले १८ हजार ७०८ पाएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell