PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

एमाले छाडेर कांग्रेस पसेका लामाले रोके वाम गठबन्धनको ‘क्लिन स्विप’ 



पहिलोपोस्ट

एमाले छाडेर कांग्रेस पसेका लामाले रोके वाम गठबन्धनको ‘क्लिन स्विप’ 

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सबै मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधिसभातर्फ दुबै क्षेत्रमा वाम गठबन्धन र प्रदेशसभातर्फ तीन सिट वाम गठबन्धनले जित हात पारेको बेला क्षेत्र नम्बर २ को प्रदेश ख मा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

पूर्व सभासद्समेत रहेका माओवादी केन्द्रका दावा तामाङलाई १९७ मतले पराजित गर्दै कांग्रेसका निमा लामा प्रदेश सभा सदस्यमा विजयी भएका हुन्।  लामाले १८ हजार ९०५ मत पाए भने तामाङले १८ हजार ७०८ पाएका छन्। 

विजयी लामा प्रदेशसभामा उम्मेदवारी दिनुभन्दा केही दिन अघिमात्र एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए।

क्षेत्र नम्बर दुईको प्रदेशसभा १ मा माओवादीका युवराज दुलाल २० हजार ६८७ मत ल्याएर विजयी भए। कांग्रेसका विकास लामाले १३ हजार ५२१ मत पाए।

क्षेत्र १ को प्रदेश क मा एमालेका अरुण नेपाल २१ हजार ७१२ मतसहित निर्वाचित भए। कांग्रेसका विष्णु खत्रीले १४,६३३ मत पाएका छन्। 

प्रदेशसभा २ मा एमालेकै सरेश नेपाल २२ हजार ८३७ मत ल्याएर विजयी भए। कांग्रेसका राजेन्द्र श्रेष्ठले १२१८७ मत प्राप्त गरे। 

प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ मा माओवादीका अग्नि सापकोटा र दुईमा एमालेका शेरबहादुर तामाङ विजयी भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell