काठमाडौं : चार दिनको नेपाल बसाईपछि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येझाउ नेतृत्वको टोली स्वदेश फर्किएको छ।
आज बिहान हिमालय एयरलाइन्सको विमानबाट यो टोली चीन फर्किएको हो। टोली आइतवार एयर चाइनाको चार्टर विमानबाट काठमाडौं आएको थियो।
चार दिनको नेपाल बसाईमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी( नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई लगायतका नेकपाका दोस्रो तहका नेताहरुलाई भेट गरेको थियो।
चिनियाँ टोलीले नेपाल बसाइको क्रममा नेपाली सुरक्षाकर्मीको सुरक्षा लिँदा सुचना बाहिरिने भएकाले पनि उनीहरुले सुरक्षा गार्ड समेत लिएका थिएनन्। कसकसलाई भेट्छन् भन्ने कुरा प्रहरी खटाउँदा बाहिरिन्छ भनेर सुरक्षाकर्मी नलिएका हुन्।
प्रतिनिधिसभा विघटन भएपछि देशभित्र देखिएको राजनितिक घटनाक्रम बुझ्न चिनियाँ टोली नेपाल आएको थियो। टोलीले कम्युनिष्ट नेताहरुलाई पार्टी फुटाएर भन्दा एकता गरेर अघि बढ्न सुझाव दिएको थियो।