PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सैलुङ भर्चुअल तेक्वान्दोको तयारी पूरा



पहिलोपोस्ट

सैलुङ भर्चुअल तेक्वान्दोको तयारी पूरा

काठमाडौं: सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ। प्रतियोगिता जनवरी ८ तारिखदेखि सुरु हुँदैछ।

प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २ सय खेलाडीको सहभागिता रहने छ। त्यसमा १ सय २० पुरुष र ८० महिला खेलाडी रहेको आयोजक डोजाङका प्रमुख नोर्बु मोक्तानले जनाएका छन्।

पुरुष/महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ। पुरुष/महिला दुवैमा १० वर्ष, १२ वर्ष, १५ वर्ष, १७ वर्ष, १८–३० वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेरसमूहमा खेलाडीले आ–आफ्नो कौशल प्रदर्शन गर्ने छन्।

प्रतियोगिताको सम्पूर्ण खर्च सैलुङ गाउँपालिकाले व्यहोर्ने डोजाङ प्रमुख मोक्तानले जानकारी दिए। सहभागीले बढीमा १ मिनेट ३० सेकेन्डको भिडियो आयोजकलाई पठाउनु पर्ने प्रावधान छ। आज जनवरी ६ बुधबार भिडियो पठाउनु पर्ने अन्तिम दिन हो।

‘मोस्ट पपुलर खेलाडी’ लाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। यो विधा चयनका लागि सहभागीले पठाएको भिडियोलाई युट्युबमा राखिने छ। सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई उक्त विधाबाट पुरस्कृत गरिने छ।

पाँच अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामा, अशोक खड्का, हीराबहादुर थापा, मिन न्यौपाने र विक्रम खड्गीले दुई दिने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell