PahiloPost

Jul 3, 2024 | २० असार २०८१

राष्ट्रिय सभामा प्रधानमन्त्रीलाई सुझाव: गेसपेपर होइन संविधान पढ्नुस्



पहिलोपोस्ट

राष्ट्रिय सभामा प्रधानमन्त्रीलाई सुझाव: गेसपेपर होइन संविधान पढ्नुस्

काठमाडौं : राष्ट्रियसभा सदस्यहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न सुझाव दिएका छन्।

राष्ट्रियसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै प्रश्न उठाउँदै राष्ट्रियसभा सदस्यहरुले यस्तो सुझाव दिएका हुन्। 

'मृत्यु पर्यन्त आँखा दान गरेको यो त मर्ने चिज रहेछ भनेर त्यसलाई मारेरै आँखा निकालियो। संसद विघटन पनि त्यस्तै हो,' सदस्य प्रकाश पन्तले भने। संविधान मिचेर चुनाव हुन नसक्ने भन्दै पन्तले ओलीलाई प्रश्न गरेका छन्।

'संविधान च्यातेर निर्वाचन कसरी हुन्छ? नहर भत्काएर रोपाइ जा भनेजस्तो भएन?' उनले भने, 'नहर नबचेसम्म रोपाइ हुन सक्दैन।'

संविधानको रक्षा बिना चुनाव हुन नसक्ने उनले बताए। राजाले पनि चुनाव गरेकाले चुनावमा जानु ठुलो कुरो नभएको पन्तले बताए।

'संविधान बचे चुनावमा जाउँला। चुनाव त राजाले पनि गरेका थिए। जमिन खोजेको चित्र बाड्नु भयो। चुच्चे जमिन ल्याउन नसकेर संसद भंग गर्नु भएको हो? जतिसुकै तर्क गरे पनि संससद विघटन अलोकतान्त्रिक छ,' उनले प्रश्न गर्दै भने।

पन्तले प्रधानमन्त्री ओलीलाई गेसपेपर पढेर मात्रै नहुने बरु संविधान नै पढ्नुपर्ने सुझाव दिएका छन्।  'गेसपेपर पढेर भएन संविधान पढ्नु पर्‍यो प्रधानमन्त्री ज्यू संविधान,' उनको सुझाव छ।

@pahilopost

सांसद प्रकाश पन्तको प्रधानमन्त्रीलाई ब्यंग्य: गेसपेपर पढेर भएन प्रधानमन्त्री ज्यू संविधान पढ्नुस् : ##kpsharmaoli @@kpsharmaoli_official ##pahilopost

♬ original sound - Pahilo Post



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell