PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

जीवनराम श्रेष्ठलाई पितृ शोक



रासस

काठमाडौँ : नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ। निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो। उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए। उनका दुई छोरा र एक छोरी छन्।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell