PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

खाल्डोमा मृत भेटिएका व्यक्ति कारागारमा कार्यरत प्रहरी जवान



एम बम

खाल्डोमा मृत भेटिएका व्यक्ति कारागारमा कार्यरत प्रहरी जवान

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। बिहीवार बिहानै धनगढीको मनहेरामा खाल्डोमा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको छ।

धनगढी उपमहानगरको मनहेरा क्षेत्रस्थित हुलाकी सडकमा निर्माणाधीन कलभर्टमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीवार बिहान कलभर्टको खाल्डोमा मोटरसाइकलसहित टाउकोमा हेलमेट भएकै अवस्थामा उनको शव फेला परेको थियो।

घटनाबारे बुझ्दै जाँदा चौधरी घर फर्किने क्रममा दुर्घटनामा परेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिकमत थापाले बताए। चौधरी सवार मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। घटनका विषयमा थप जाँचबुझ भइरहेको प्रहरीले जनाएको छ।

मृत फेला परेका चौधरी कैलालीकै गौरीगंगा नगरपालिका १० का स्थानीय बासिन्दा हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell