PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नेपाल ओपनमा २९ राष्ट्रका १ हजार ३ सय खेलाडी



पहिलोपोस्ट

नेपाल ओपनमा २९ राष्ट्रका १ हजार ३ सय खेलाडी

काठमाडौं: नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता माघ १३ गतेदेखि हुने भएको छ। ६ संस्था कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङ मिलेर प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा तेक्वान्दोका मुख्य प्रशिक्षक समेत रहेका प्रतियोगिता संयोजक नवीनकुमार श्रेष्ठले जानकारी गराए।

प्रतियोगितामा विभिन्न २९ राष्ट्रका १ हजार ३ सय खेलाडीको सहभागिता रहने आयोजक समितिका सचिव अशोक खड्काले जानकारी दिए। इरान, सिरिया र रुवान्डामा अनाथ बालवालिका, हिंसा पीडित र शरणार्थी खेलाडीलाई निःशुल्क खेलाइने छ। पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी जम्मा ९० स्पर्धामा प्रतिस्पर्धा हुने छ। कोभिड– १९ को अवस्थामा हरेक उमेरसमूहका खेलाडी चलायमान बनाउने उद्देश्यले प्रतियोगितामा धेरै स्पर्धा समावेश गरिएको प्रतियोगिता संयोजक श्रेष्ठले बताए।

पुरुष/महिलामा उत्कृष्ट खेलाडीले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाउने छन्। त्यस्तै ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने छ।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ६० हजार रुपैयाँ खर्च हुने बताइएको छ। प्रतियोगिता कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell