PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

महिला फुटबल लिगमा आज दुई खेल: एपीएफलाई चन्द्रपुरको चुनौती



पहिलोपोस्ट

महिला फुटबल लिगमा आज दुई खेल: एपीएफलाई चन्द्रपुरको चुनौती

काठमाडौं: महिला फुटबल लिगमा आज दुई खेल हुँदैछन्। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा शसस्त्र प्रहरीको एपीएफ र चन्द्रपुर नगरपालिका रौतहट भिड्नेछन्। खेल दिउँसो साढे ११ मा सुरु हुनेछ।

त्यस्तै एन्फा कम्प्लेक्समै हुने दोस्रो खेलमा बिराटनगर महानगरपालिका मोरङले वालिङ नगरपालिका स्याङ्जाको सामना गर्नेछ। खेल दिउँसो साढे दुईमा सुरु हुनेछ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

प्रतियोगितमा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमश १५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ। त्यस्तै उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार दिने बताइएको छ। त्यस्तै बेस्ट प्लेयर अफ दी लिगले स्कुटर प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell