PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

राधिका थापा बनिन् नेपाली सेनाको 'प्रतिबिद्रोह तथा जङ्गल युद्धकला' तालिम लिने पहिलो महिला सिपाही



पहिलोपोस्ट

राधिका थापा बनिन् नेपाली सेनाको 'प्रतिबिद्रोह तथा जङ्गल युद्धकला' तालिम लिने पहिलो महिला सिपाही

काठमाडौंः सिपाही राधिका थापा नौतिपूर्ण प्रतिबिद्रोह तथा जङ्गल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गर्ने पहिलो महिला सैनिक भएकी छिन्। झन्डै तीन महिला लामो तालिम उनले पुरा गरेर पहिलो युद्धकता तालिम गर्ने महिला भएकी नेपाली सेनाले जानकारी दिएको छ।

तालिम कार्तिक १८ गतेदेखि माघ ६ गतेसम्म संचालन भएको थियो। प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयकी सैनिक व्याच नम्वर २६३८०७ नम्वर राधिका पहिलो पटक तालिममा सहभागी भएकी थिइन्। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्वर २ थापाटोल स्थायी घर भएकी राधिका २०६९ असार १५ गते नेपाली सेनाको सैन्य दर्जाबाट नेपाली सेनामा प्रवेश गरेकी थिइन्।

उनी २०७० जेठ  २४ गतेदेखि प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत थिइन्। थापाले लिएको तीन महिने तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने, सर्पदंग व्यवस्थापन लगाइत जंगलमा हुन जोखिम व्यवस्थापन सम्वन्धि तालिम दिइन्छ।

उनले बिल्लादार ग्रेड-३ तथा लाइट मोटर ड्राइभिङ तथा मेन्टिनेन्स तालिम समेत लिइसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell