PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

कामै नगर्ने क्याम्पस चिफका 'ब्ल्याकमेलिङ'मा उक्सिएर विद्यार्थीले संसारमै प्रावधान नभएको माग राखे : उपकुलपति डाक्टर सिंह



पी बी खड्का

कामै नगर्ने क्याम्पस चिफका 'ब्ल्याकमेलिङ'मा उक्सिएर विद्यार्थीले संसारमै प्रावधान नभएको माग राखे : उपकुलपति डाक्टर सिंह

स्थापनाको दशकसम्म पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालय विवादरहित हुन सकेको छैन। पछिल्लो समय असन्तुष्ट विद्यार्थी, शिक्षकहरु आन्दोलित छन्। विशेषगरी इन्जिनियरीङ संकायका विद्यार्थी तीन साता अघिदेखि ‘रिटेक’ दिन पाउनुपर्ने भन्दै आन्दोलित छन्। पटक पटक माग अघि सारेर विश्वविद्यालयका उपकूलपतिले वार्ताको वातावरण नबनाएको भन्दै असन्तुष्ट विद्यार्थीहरु विश्वविद्यालयमा तालाबन्दी गर्ने र तोडफोडमा उत्रिए भने अर्कातिर निर्देशक, क्याम्पस प्रमुख र उपकूलपतिबीच सामान्य छलफल हुँदा उपकूलपतिले अभद्र र शिष्ट भाषा प्रयोग नगरेको भन्दै निर्देशक र क्याम्पस प्रमुखले राजीनामा दिए।

क्याम्पस प्रमुखले विद्यार्थीलाई उस्काएर नाजायज माग राख्न लगाएर आन्दोलित बनाएको उपकूलपतिको आरोप छ। यता, विद्यार्थी भने लागु भईरहेको सिस्टमलाई एकाएक परिवर्तन गरेको भन्दै जायज मागका लागि उपकूलपति तयार नहुँदा समस्या सिर्जना भएको आरोप लगाउँदै आएका छन्। पछिल्लो समय विश्वविद्यालयमा विद्यार्थी, शिक्षक र उपकूलपतिबीच झाँगिदै गएको विवादका विषयमा प्रस्तुत छ गत फागुनमा पद सम्हालेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति डा.नन्दबहादुर सिंहसँग गरिएको कुराकानी :

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी आन्दोलित हुनुपर्ने विषय के हो?

अहिले विद्यार्थीहरु आन्दोलनमा छन्। माग के हो भन्ने प्रश्न उठ्छ, त्यो प्रश्न के भन्दा एस अर नो। बीई पढ्ने विद्यार्थीहरु जति बेला फेल भयो त्यत्तिबेला नै रिटेक परीक्षा लिन पाउने माग हो। त्यो संसारमा सम्भव छैन। संसारको कुनै पनि विश्वविद्यालयमा त्यो प्रावधान छैन। नेपालको विश्वविद्यालयमा पनि छैन। कल्पना गर्नुस् एउटा विद्यार्थी मेडिकल डक्टर र इन्जिनियर पढ्छ भने, ट्यालेन्टेड हुनुपर्यो नि। फेल हुने चान्सै हुदैँन। डिस्टीङ्गसन्, फस्ट डिभिजन ल्याउँछ भन्ने चलन हुन्छ त। यहाँ त्यो नहुने पासै नहुने, कतिपय विद्यार्थी त केही विषयमा ४० भन्दा कम ल्याएको छ भन्दियो भने पीडा हुन्छ। फेरि उपकूलपतिले त्यो किन भन्दियो भनेर नेगेटिभ हुन्छ। त्यो नभनौँ। अधिकांश विषय लागेका मान्छेहरु आन्दोलनमा संलग्न छन्। उनीहरुको माग नै जति बेला रिजल्ट आउँछ अनि फेल हुन्छ र रिटेक लिनुपर्‍यो भन्ने छ। संसारमा सम्भव नभएको प्रावधान मैले हुदैँन भनेँ। कारण के भने, सयमा ४० प्रतिशत सारै ’लो’, यहाँ –विश्वविद्यालयमा) के भएछ भन्दा ४० प्रतिशतभन्दा कम २५ प्रतिशत ल्याएका विद्यार्थीलाई भर्ना गरिएछ। यस्तो दुर्भाग्य काम गरेपछि त क्वालिटी अफ एजुकेसन त हुदैँनन् नि, शिक्षकको गुणस्तर त सम्भव छैन। कुनै यो उपकूलपतिको व्यक्तिगत इगोको कुरा होइन, उपकूलपति लचकदार भएन भन्ने प्रश्न होइन, प्रश्न के हो भने विश्वविद्यालयको इमेज बनाउने, गरिब जनताका छोराछोरीलाई राम्रोसँग पढ्न लगाउने, राम्रोसँग पढे डिग्री सके भने बजारमा बिक्री हुन्छन्। पहिलो विद्यार्थीलाई फाइदा हुन्छ, दोस्रो उसको घरपरिवार, समाज अनि देशलाई फाईदा हुन्छ।

विद्यार्थीको माग उचित नहुदाँ सम्बोधन गर्ने पहल नगरेकै हो?

केही सुधार त गर्नुपर्‍यो, बिईको सात र आठ सेमेस्टरको लाष्टमा मौका परीक्षा दिने व्यवस्था भयो, सात फेल भयो, आठ पास भो एक वर्ष किन राख्ने, अनि सात पनि पास भो आठ किन राख्ने? त्यो भएर सात र आठलाई मौका परीक्षाको व्यवस्था गरिएकै छ। कोभिडको कारणले यो साल अन्तिम भनेर छैठौँ सेमेष्टरमा पनि मौका दिईयो। त्यो पनि मानेनन्, सडकमा आए। सडकमा आउँदा माग लिएर आउन सक्छन्, माग सम्बन्धित पक्षसँग राख्ने होला नि, परीक्षाको कुरा परीक्षा प्रमुख र व्यवस्थापन पक्षसँग राख्नुपर्ने होला नि, उहाँहरु मान्नु हुन्न सिधै भिसिसँग गर्ने भन्नुहुन्छ। यो परम्परा बिग्रेको छ। मैले अन्तिम एक पटकका लागि दुई, चार, छ र एक, तीन, पाँचमा अन्तिम एक पटकका लागि माइन प्रि–पिरेसन छैन भने, त्यसलाई दिने गरी समस्या समाधान गर्नेगरी लगाएको छु। नयाँ आउने व्याजलाई यो व्यवस्था हुदैँन। सात र आठ सेमेष्टरमा दिन चाहीँ नयाँ आउने व्याजले दिन पाउँछ। आठ सेमेष्टर दिदाँ चार वर्ष जान्छ, एउटा सेमेष्टरमा चार वर्षमा चार पटक दिन पाउँछ। चार चार पटक जाँच दिँदा र सात र आठ सेमेष्टरमा जाँच दिएर र अहिले अन्तिम पटक दुई, चार, ६ र एक, तीन, पाँचमा अन्तिम पटक मौका दिदाँ पनि पास हुदैँन भने, अब मैले विद्यार्थीलाई भर्ना लिनुस् घर जानुस् साढे चार वर्षपछि सर्टिफिकेट घरमै पठाईदिन्छु भन्नुपर्‍यो। होइन भने, सरकारी विश्वविद्यालयको ईज्जत, २१ औँ शताब्दीको विश्वविद्यालय बनाउने हो भने एउटा स्ट्यान्डर्ड एजुकेसन मेन्टेन गर्नुपर्छ, त्यो स्ट्यान्डर्ड मेन्टेन गर्न पाउने कि नपाउने?

त्यसो भए माग सम्बोधन गर्नै नसकिने देखियो?

शिक्षक र विद्यार्थीको शैक्षिक गुणस्तर ध्वस्त हुने गरेर अगाडी बढ्न सकिन्न। त्यसमा  सम्झौता गर्न सकिन्न। विद्यार्थी र शिक्षकका लागि चाहिने न्युनतम सरसफाई, शौचालय, क्यान्टिन, लाइब्रेरी, इन्टरनेटजस्ता न्युनतम सुविधाका विषयमा माग उठे हामी तयारै छौँ। कहाँ के कति सुधार भएका छन् छैनन्, यस्तो माग आए तत्काल सम्बोधन हुन्छ। चाहिने आवश्यक मागका कुरा मैले उठाईदिनुपर्ने, नचाहिने अनावश्यक माग ल्याउने?

विद्यार्थीको मागको विषयसँग शिक्षक र क्याम्पस चिफ पनि जोडिएका हुन्?

मैले गर्दा राजनीतिक गर्नेहरुले चित्त नबुझेका मान्छेहरु, नपढाउने शिक्षकहरु, केही नपढाउने र काममा नलाग्ने क्याम्पस चिफहरु, राजनीतिकको ग्रुपमा लागेर आफ्नो प्रोफेसनमा नलाग्ने र कमजोर शिक्षकहरुको षड्यन्त्र हो। आफू नपढ्ने केही विद्यार्थीहरुको काम हो।  त्यसैले यो कुरासँग मैले सम्झौता गर्न सक्दिनँ। सबैभन्दा समस्या भनेको इन्जिनियरी हो। इन्जिनियरीको क्याम्पस चिफलाई भनेको छु कि आफू अनुशासित भएर पढाउनुस् कि, विद्यार्थीलाई अनुशासित बनाउनुस्। क्लास नियमित गर्नुस्। विद्यार्थीसँग लागेर गलत काम नगर्नुस्। भाइस चान्सलरको निर्देशन मान्ने कि नमान्ने? भाइस चान्सलरको निर्देशन नमान्ने क्याम्पस चिफ, क्याम्पस चिफ भईरहन सक्छ कि सक्दैँन? 

ती मान्छेहरुले ब्ल्याकमेल गरेर, विद्यार्थीलाई उठाएर के सम्म भन्न सिकाएका छन् भने, तपाई सुसाइड गर्छु भन्नुस्, अर्को पनि के सिकाएका छन्। उही क्याम्पस चिफलाई निर्देशन दिदाँ नमानेपछि म सुसाइड गर्छु रे, त्यस्तो भन्न पाईन्छ? यो गलत परम्परा सुरु भएको छ। यस्तो परम्परामा लाग्ने क्याम्पस चिफहरुले राजीनामा दिदाँ स्विकृत भैहाल्छ नि, गलत क्याम्पस चिफहरुको राजीनामा मागेकै थिए नी, त्यस्तो समस्या हुदैँन, स्वीकृत गरिहाल्छु नी। राम्रा र योग्य, क्षमता भएका प्रोफेसर व्यक्तिलाई क्याम्पस चिफ बनाउँछु। मैले विश्वविद्यालयको गुणस्तरीय शिक्षालाई मेन्टेन गर्नुपर्छ।

सबै क्याम्पस चिफहरुको राजीनामा माग्नु भएको हो?

सवै क्याम्पस चिफहरुको राजीनामा माग होइन। दुई चार जना क्याम्पस चिफहरु हुन्। राजनीतिक गुटका कारणले पढाउँदा नि नपढाउने, काम पनि नगर्ने क्वालिटी मेन्टेन नगर्ने, कि मेरो निर्देशन मान्नुपर्‍यो, हैन भने कारवाही गर्छु भनिरहेकै छु। जसले समस्यामा पारेका छन् ती व्यक्तिहरु कारवाहीको भागेदार हुन्छन् नै। मैले चार वटा कुरा विश्वविद्यालयमा नल्याउनुस् भनेको छु।

आईडोलोजी विचार धारा,

धर्मका कुरा,

लिङ्गका कुरा,

भूगोलका कुरा,

विश्वविद्यालयमा संसारका जुनसुकै क्षेत्र, वर्ग, धर्मका पढ्न र पढाउन आउने थलो हो।

त्यसो भए विश्वविद्यालय सुधार कसरी गर्ने त?

एकीकृत भिजन, एन्टिग्रेटेट रिफर्म प्लान बनाएको छु। यो प्लान अवको ढाई वर्षमा पुरा गर्ने गरी काम गरेको छु। यस्तो भिजन तयार गर्दा खुशी हुनुपर्ने होइन? म यही क्षेत्रको गाउँमा सरकारी स्कुलमा पढेको नागरिक हुँ। यहाँका गरिब दुखी जनताको पीडा मैले बुझेको छु। ती गरिव जनताका छोराछोरी पढ्ने विश्वविद्यालय बनाउँछु भनेर लागेको छु। सोही अनुसार मैले अहिले कृषि, वन, मेडिकल साइन्स खोलेँ, रिर्सच सेन्टर जस्ता शैक्षिक संस्था खोल्यौँ।

नेपाल ट्रष्टको नाममा रहेको ४२ विघा जग्गा लिजमा लिएर मेडिकल साइन्सको सेन्टर हब बनाउँदैछौ। यदि मेडि साउथ एसियामात्रै होइन, युरोप, अमेरिका र अफ्रिकाबाट पढ्न आउन सक्छन्। यहीबाट अर्बौ रुपैयाँ आउँछ। इमानिजेएसन त गर्न पाउनुपर्‍यो नि, इमानिजेएसन गरेर त केही होला, इमानिजेएसन गर्नै छोडियो भने, प्रगति के होला?

विश्वविद्यालय राजनीतिक अखडा बनेको गुनासो छ त?

विश्वविद्यालयलाई कुनै राजनीतिक दल, ग्रुप कुनै समूहको केन्द्र बन्नु हुदैँन। काम नगर्ने? विश्वविद्यालयको समस्या के छ भनेर क्याम्पस चिफहरु भाइस चान्सलरकोमा आउने कि, राजनीतिक दलका नेताहरुसँग जाने? अनि मेरो कम्प्लेन गर्ने हो? विश्वविद्यालयको समस्या विश्वविद्यालयमा गर्नुपर्छ नि। राजनीतिक दल, गु्रप र गुटमा गएर कुरा गर्ने होइन। प्रधानमन्त्री, शिक्षामन्त्री जस्तो कहाँ गएर कुरा गर्नु ठीक हो तर, गुट गुटमा गएर राजनीतिक हिसाबले संस्था बनाउने होइन। मेरो उद्देश्य भनेको राजनीतिक अखडा केन्द्रबाट मुक्त बनाउने हो। विश्वविद्यालय यस क्षेत्रका सबै जनताको साझासंस्था हो।

सबैको साझा बनाउँछु

सबैलाई मिलाएर लिन्छु

एमपिएच मोडल (ट्यालेन्टेटन, व्यवहारिक, अनेष्ट भएको) व्यक्तिलाई विश्वविद्यालयमा इन्ट्री गर्छु।

जो प्रोफेसनल, आफ्नो ड्युटी पुरा गर्नुपर्‍यो, १४/१५ घण्टा अनुसन्धान गरेर सकिदैँन भने सात घण्टा पढेर हुदैँन। दशौँ सिनेटले न्युनतम सात घण्टा अनिवार्य विश्वविद्यालयमा बस्नुपर्ने निर्देश गरेको छ।

एकेडेमी एक्सिलेन्सीका कुरा

आर्थिक विकास

नयाँ कोर्ष बनाउने

विदेशबाट ल्याउने र पढ्न पठाउने

भौतिक संरचना

यी पाँच वटा कुराहरु भयो भने, हाम्रो शिक्षकको क्वालिटी बढ्छ। चारतिर कक्षा हुन्छ, अनुसन्धान हुन्छ। नयाँ पाठ्यक्रम बनाइयो भने मागअनुसार हाम्रा विद्यार्थीहरु बजारमा बिक्री हुन्छन्। नेपालमा मात्रै होइन, अन्तराष्ट्रियस्तरमा हुन्छ।

विश्वविद्यालयमा आइसकेपछि शैक्षिक, पढ्ने पढाउने, अनुसन्धान गर्ने कुरा गर्नुपर्‍यो, लाइब्रेरीमा गएर पढेर आर्टिकल लेख्नुपर्‍यो। पढाउँदै नपढाएर तलब खाएकाहरु, अहिलेसम्म एउटा आर्टिकल नलेखेकाहरु, भर्खर जागिर खाएकाहरु ठुला ठुला पोष्टमा पुगेकाहरुलाई मैले कराईड एरिया बनाउन लागे, प्रमोसन हुदाँ के के चाहिन्छन्, त्यस्ता व्यक्तिलाई अहिले समस्या भयो।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपकूलपति भएर काम गर्नुभो भन्ने आरोप छ नि?

मलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्नुभएकाले नैतिक हिसाबले र पदको हिसाबले त प्रधानमन्त्रीज्यूसँग रेस्पोन्सिबल त हुनुपर्‍यो। कुलपति हो उहाँ। यहाँ मलाई केपीको भिसी भएर काम गर्छ भन्छन्। मैले कहाँ केपीको भिसी भएर काम गरेको छु, त्यस्तो हो भने, अहिले पनि प्रधानमन्त्री पक्षका कतिपय विद्यार्थीहरु सडकमा आइरहेका छन् मेरा विरुद्धमा। त्यसो हो भने मेरो विरुद्धमा आन्दोलनमा नआउनुपर्ने हो नि। मैले विद्यार्थीको नाममा गलत माग त पुरा गर्न सक्दिनँ। उनीहरुको माग एउटै छ रिटेक एस अर नो। मैले रिटेक एस भन्नै सक्दिनँ। रिटेक नो भन्छु।

जति बेला भन्यो त्यत्तिबेला विश्वविद्यालयले पास गर्न सक्छ। सर्टिफिकेट घरमा पठाए भैगो नी किन पढ्नुपर्‍यो। मैले राम्रोसँग पढेर राम्रो ग्रेड ल्याउ अनि बजारमा गएर बिक्री होउ भनेको मैले के गल्ती गरेँ? सम्माननीय कुलपतिको उपकूलपति भएर काम गर्न नपाउने? बाहिर राजनीतिक नारा लगाउने? मैले सबै मिलाएर जाने भएपछि त्यस्तो नहुनुपर्ने होइन? यहाँ त हिजो देखि नै राजनीतिक नारा लगाएर नपढाउने र नपढ्ने व्यक्तिले यस्तो बदमासी गरेको अवस्था छ। मैले यसलाई अन्त्य गर्न चाहान्छु, त्यसमा कुनै सम्झौता गर्दिनँ। सम्झौता नगर्दा मलाई कसले रिजिक्ट भन्छ?

विवादको समस्या समाधानको उपाय के हुन सक्ला?

उचित माग राखेर वार्तामा बस्नुपर्‍यो। अनि बाहिर भाईस चान्सलर वार्तामा बस्दैन भनेर प्रचार गर्ने? हाम्रो विद्यार्थीको जायज मागका लागि २४ सैँ घण्टा वार्ता र छलफल गर्न तयार छौँ। वार्ता समिति बनाएर समाधान गर्न निर्देशन दिएको छु। सबैको समस्या समाधान भनेको वार्ता र छलफल नै हो। वार्तामा पनि नबस्ने, उदण्ड बन्ने, अनि गुरिल्ला स्टाइलले तोडफोड गर्ने? यस्तो पनि विद्यार्थी हुन्छ। यस्तो गतिविधिसँग अहिलेको उपकूलपतिले कुनै सम्झौता गर्दैन। यस्ता विषयहरुमा सम्झौता मैले राखेँ भने विश्वविद्यालय किन राख्ने? जुन जुन विषयले विश्वविद्यालयको विद्यार्थीको हित हुन्छ त्यसमा कुनै कसर बाँकी राख्दिनँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell