PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

वर्ल्डकप क्वालिफायर : नेपाल vs स्कटल्याण्ड (हेड टु हेड)



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : नेपाल vs स्कटल्याण्ड (हेड टु हेड)

काठमाडौं : जिम्बावेमा भइरहेको आइसीसी वर्ल्डकप क्वालिफायरको दोस्रो खेलमा नेपालले बिहीवार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो भने नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो।

स्कटल्याण्डले दोस्रो खेलमा हङकङलाई ९१ रनमै अलआउट गर्दै लगातार दोस्रो जित नजिक पुगेको छ।

नेपालले आफ्नो समूहबाट शीर्ष तीन स्थान हात पार्दै सुपर सिक्समा स्थान बनाउने स्कटल्याण्ड विरुद्ध खेल जित्नैपर्ने दबाब छ।

तर अफगानिस्तानलाई पराजित गर्दै उत्कृष्ट लयमा रहेको स्कटल्याण्ड विरुद्ध जित हात पार्न नेपालको लागि त्यति सहज भने छैन।

स्कटल्याण्डको टप ब्याटिङ अडर राम्रो छ भने नेपालको ओपनिङ त्यसको ठिक उल्टो छ। नेपालको इनिङ्स मिडिल अडरले नै धानिरहेको छ।

जिम्बावे विरुद्ध नेपालको ओपनिङ बलिङ समेत राम्रो रहन सकेन। नेपालले स्कटल्याण्डको टस अडरलाई चाँडै आउट गर्नुका साथै आफ्नो दुवै पक्षमा सुधार गर्न सके जितको आशा राख्न सकिन्छ।

५० ओभरको खेलमा नेपालले स्कटल्याण्डलाई अहिलेसम्म हराउन सकेको छैन। यसअघि भएको ३ वटै खेलमा स्कटल्याण्ड विजयी भएको थियो।

चार वर्ष अघि न्यूजिल्याण्डै भएको वर्ल्डकप क्वालिफायर तथा वर्ल्ड क्रिकेट लिगको दुवै खेलमा स्कटल्याण्डले नेपाललाई पराजित गरेको थियो।

वर्ल्ड क्रिकेट लिग अन्तर्गत पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपनि जितबाट ३ रनले मात्र टाढा रहेको थियो। ३६ ओभरमा घटाइएको उक्त खेलमा स्कटल्याण्ड पहिले ब्याटिङ गर्दै २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर अनिल मण्डलको शतक मद्दतमा २३२ रन बनाएपनि जित हात पार्न सकेन।

अन्य दुई खेलमा भने स्कटल्याण्ड सहजै विजयी भएको थियो।


नेपाल vs सक्टल्याण्ड

खेल ३

स्कटल्याण्ड विजयी ३

नेपाल ०

 

२०१४ वर्ल्डकप क्वालिफायर

स्कटल्याण्ड २४९/७ -५० ओभर  नेपाल -१५९ ४६.१ ओभर

स्कटल्याण्ड ९० रनले विजयी

 

२०१५ डब्लुसिएल

स्कटल्याण्ड २३५/७ -३६ ओभर नेपाल २३२/५ -३६ ओभर

स्कटल्याण्ड ३ रनले विजयी

 

२०१५ डब्लुसिएल

नेपाल १६७ -४९.१ ओभर स्कटल्याण्ड १११ -१३.१ ओभर

डिएलमा स्कटल्याण्ड ९ विकेटले विजयी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell