PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

प्रिबजेट छलफल आज, बिहीबार नीति तथा कार्यक्रम 



पहिलोपोस्ट

प्रिबजेट छलफल आज, बिहीबार नीति तथा कार्यक्रम 

काठमाडौं : व्यवस्थापिका संसद्मा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक बजेटको सिद्धान्तमाथि आज संसदमा छलफल हुँदैछ। सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले सैद्धान्तिक पक्षमा छलफलका लागि प्रस्थाव राख्नेछन्। महराले बजेटका प्राथमिकता सदनमा पेस गर्नेछन्। 

सरकारले पेस गरेको प्रस्तावमा आज एकदिन मात्र छलफल हुनेछ। बजेट पूर्वका छलफलका रुपमा यसअघिका वर्षमा कम्तीमा तीन दिनसम्म छलफलको प्रचलन भए पनि समय अभावका कारण यो वर्ष एकदिन मात्र छलफल हुने लागेको हो। 

संसद् सचिवालयको आन्तरिक कार्यतालिका अनुसार बिहीबार सरकारको नीति तथा कार्यक्रम पेस हुनेछ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सदनमा बजेट पेस हुनेछ।  

निर्वाचन आचारसंहिताका कारण यस पटकको बजेटमा कुनै पनि नयाँ योजना समावेश नहुने अर्थ मन्त्रालयले स्पस्ट पारिसकेको छ । पुरानै कार्यक्रममा आधारित रहेर बजेट ल्याउन लागिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell