PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

ब्रिटेनको म्यानचेष्टरमा विस्फोटः २२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते



पहिलोपोस्ट

ब्रिटेनको म्यानचेष्टरमा विस्फोटः २२  जनाको मृत्यु, ५० भन्दा बढी घाइते

बीबीसीः ब्रिटेनको म्यानचेष्टर सहरको एक सांगीतिक कन्सर्ट भइरहेको स्थानमा भएको आतंककारी हमलामा परी मारिनेको संख्या २२ पुगेको छ  । म्यानचेष्टर प्रहरीले घटनामा परी ५९ सर्वसाधरण घाइते भएको जनाएको छ। 

म्यानचेष्टर एरिनामा अमेरिकी पप गायिका एरियाना ग्रान्डीले प्रस्तुती गरिरहँदा बिस्फोट भएको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन। गायिका ग्रान्डी भने सुरक्षित रहेको बताइएको छ।

प्रहरीले विस्फोट भएको सहरलाई घेराबन्दीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ। नजिकैका रेल स्टेशन सिल गरिएको छ। तत्काललाई रेव सेवाको नियमित तालिका अवरुद्ध गरिएको छ।

प्रहरीले विस्फोट भएको सहरबाट सुरक्षित स्थानमा रहन पनि सर्वसाधरणलाई आग्रह गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell