
पोखरा : पोखरा लेखनाथ महानगरको वडा नं. १६ र १८ दुवैमा एमाले विजयी भएको छ। विवादका कारण वडा नं. १७ को मतगणना भने स्थगित गरिएको छ। फर्जी मतको विवादका कारण पोखरा लेखनाथको मतगणना ४६ घण्टा रोकिएको थियो।
वडा नं. १६ मा एमालेका जीवन आचार्यसहित प्यानल नै विजयी भएको छ। आचार्यले ३१ सय ३३ मत ल्याएर विजयी भएका हुन्। निकतम प्रतिद्धन्दी काँग्रेसका उमेद्वार पदमसिंह गुरुङले २८ सय ६८ मत ल्याएका थिए। सदस्यमा एमालेकै मेहरमान थापा क्षेत्री, राजेश गुरुङ, महिला सदस्यमा गुमादेवी अधिकारी, दलित महिला सदस्यमा विष्णु देवी नेपाली विजयी भएका छन्।
त्यसै गरी वडा नं. १८ मा एमालेकै रणबहादुर थापासहितको प्यानल विजयी भएको छ। थापाले १६ सय ७९ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्धन्दी काँग्रेसका भरत थापाले ९७१ मत पाए। खुल्ला सदस्यमा एमालेकै हरि लम्साल र ज्ञानबहादुर थापाले जीत हासिल गरेका छन्। महिला सदस्यमा भोजकुमारी थापा, दलित महिला सदस्यमा सरला नेपाली, विजयी भएका हुन्।