PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रधानमन्त्रीले संसदमा विशेष सम्वोधन गर्दै, आजै राजीनामा दिने



सविन ढकाल

प्रधानमन्त्रीले संसदमा विशेष सम्वोधन गर्दै, आजै राजीनामा दिने
फाइल फोटो

काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज व्यवस्थापिका संसदबाट विशेष सम्वोधन गर्ने भएका छन्। प्रधानमन्त्रीले आजको सम्वोधनबाट राजीनामा दिने बालुवाटार स्रोतले बताएको छ।

स्रोतले भन्यो 'अहिलेसम्म राजीनामा दिने नै तयारी छ। दिउँसो १ बजे संसद्लाई सम्वोधन गर्दै हुनुहुन्छ।'

सरकार गठन भएको बेला नेपाली कांग्रेससँग पहिलो चरणको निर्वाचनपछि राजिनामा दिने सहमति भए अनुसार नै उनले राजिनामा दिन लागेका हुन्। प्रधानमन्त्रीले यसअघि जेठ ८ गते नै राजीनामा दिने बताएका थिए।

दाहालले राजिनामा दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने चर्चा छ।

प्रधानमन्त्रीले संसदबाट राजिनामा दिएपछि आजै संसदको दोस्रो बैठक बस्नेछ। दोस्रो बैठकमा प्रि बजेट छलफल सुरु हुुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell