
काठमाडौंँ : दश महिनाभन्दा लामो सत्तारोहणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विशेष सम्वोधन गर्दै आज राजीनामाको तयारी गरेका छन्। प्रधानमन्त्री प्रचण्डको राजीनामापछि यसअघिको सहमति अनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा चयन हुनेछन्।
संसदमा जारी बजेट अधिवेशनका कारण व्यस्त कार्यतालिकामा संसद् सचिवालयलाई प्रधानमन्त्री निर्वाचनको कार्यसूची पनि थपिएको छ। बजेट छलफलसँगै प्रधानमन्त्री निर्वाचनको तयारी पनि अघि बढाउनेछ।
यस्तो हुनेछ चुनावी प्रक्रिया
छिटोमा १० दिनमा मुलुकले नयाँ प्रधानमन्त्री पाउँनेछ। यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएको १० दिनमा नयाँ प्रधानमन्त्री संसदले चयन गरेको थियो।सहमतीय सरकार गठन हुन नसके उपधारा ३ अनुसार बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुनेछ।
राष्ट्रपतिको पत्राचार अनुसार संसद् सचिवालयले निर्वाचन कार्यातालिका प्रकाशन गर्नेछ। सचिवालयको कार्यतालिका अनुसार सम्वन्धित उम्मेद्वारले संसदका महासचिव समक्ष उम्मेद्वारीको सूचना दिनुपर्नेछ।
नयाँ प्रधानमन्त्री चयनका लागि संसद्को बहुमत सदस्य भए पुग्छ। हालको समीकरण अनुसार कांग्रेस माओवादी केन्द्र र दश सिट बराबरको कुनै पनि सानो दलको समर्थनमा नयाँ सरकार बन्न सक्छ।