PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

चार महानगरमा मतगणना जारी, तीनमा एमाले, एकमा कांग्रेस अगाडि



पहिलोपोस्ट

चार महानगरमा मतगणना जारी, तीनमा एमाले, एकमा कांग्रेस अगाडि

काठमाडौः पहिलो चरणको निर्वाचन सम्पन्न भएको एक साता भन्दा बढी समय भइसक्दा पनि सवै क्षेत्रको मतपरिणाम भने अझै आएको छैन । चार महानगरसहित केही क्षेत्रको मतगणना अझै जारी छ । 

चारवटा महानगरपालिकामा अहिलेसम्म करिव ६० प्रतिशत मात्र मतगणना सकिएको छ । काठमाडौं महानगरपालिकामा करिव १ लाख ९० हजार खसेको मतमा अहिलेसम्म १ लाख १० हजार मात्र मतगणना भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्य ३७ हजार ९ सय १३ मतका साथ अग्रस्थानमा छन् ।

नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशी २७ हजार ३७ मतले जोशीलाई पछ्याइरहेका छन् । विवेकशील नेपालीकी रञ्जु दर्शना १४ हजार १ मत र साझा पार्टीका किशोर थापाले १० हजार ७ सय मत प्राप्त गरेका छन् । 

उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी ३५ हजार ४ सय मत ल्याएर अग्रह स्थानमा छिन् । राप्रपाका राजाराम श्रेष्ठले १९ हजार ६ सय मत ल्याएका छन् । 

भरतपुर महानगरपालिकामा भने मेयरमा एमालेका उम्मेद्वार देवी ज्ञवाली २५ हजार ४ सय ९३ मत प्राप्त गर्दा माओवादी केन्द्रकी रेणु दाहाल २१ हजार ८ सय मत प्राप्त गरेकी छन् । उपमेयरमा पार्वती शाह २५ हजार १ सय ५३ र एमालेका दिव्य आचार्यले २२ हजार ८ सय ३८ मत प्राप्त गरेका छन् । 

ललितपुर महानगरपालिकामा अहिलेसम्म भएको मतगणनामा मेयर पदका नेपाली कांग्रेसका उम्मेद्वार चिरीबावु महर्जन झिनो मतका साथ अगाडि छन् । उनले २३ हजार ५ सय ३९ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका हरिकृष्णव्यञ्जनकारले २३ हजार ३ सय ६० मत प्राप्त गरेका  छन् । उपमेयर पदमा भने कांग्रेसकी गीता सत्याल १८ हजार ५ सय ९० मतका साथ अगाडि छिन् ।

पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका मानवहादुर जिसीले २७ हजार १ सय मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी रामजी कुँवरले २३ हजार ८ सय मत प्राप्त गरि जिसीलाई पछ्याएका छन् । उपमेयरमा एमालेकी मञ्जु गुरुङ २५ हजार ३ सय ८५ मतका साथ अगाडि छन् । कांग्रेसकी सरस्वती गुरुङले २२ हजार मत प्राप्त गरेकी छन् । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell