PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

काठमाडौं–१९ मा कांग्रेस विजयी



रासस

काठमाडौं–१९ मा कांग्रेस विजयी

काठमाडौंः काठमाडौं महानगरपालिका वडा नं १९ मा नेपाली कांग्रेसको पूरै समूह विजय भएको छ । 

अध्यक्षमा कांग्रेसका शशीलाल श्रेष्ठ एक हजार ८९९ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिद्वन्द्वी नेकपा एमालेका आनन्द शाहीले ८२१ मत प्राप्त गरेका छन्। 

त्यसैगरी, महिला सदस्यमा रेणुकमल शाहीले एक हजार २३१ मत प्राप्त गरेकी छन् । दलित महिला सदस्यमा भने यसअघि नै कांग्रेसकी रञ्जिता परियार निर्विरोध निर्वाचित भइसकेकी थिइन् । 

खुला सदस्यमा कांग्रेसका चन्द्रमान डङ्गोल एक हजार १२६ र मधुसूदन प्रधान एक हजार १५२ मत प्राप्त गरी विजयी भएका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell