PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

सिरहाको बेल्हामा आगलागी, २३ लाख रुपैयाँ बराबरको धनमाल क्षति



रासस

सिरहाको बेल्हामा आगलागी, २३ लाख रुपैयाँ बराबरको धनमाल क्षति

लहानः सिरहाको कल्याणपुर नगरपालिका बेल्हामा सोमबार राति खाना पकाउने ग्याँस चुहिएर आगलागी हुँदा करिब २३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । 

बेल्हास्थित कमला खोलाको बाँध निर्माण गर्ने मजदुरले खाना पकाउने क्रममा अचानक ग्याँस लिक भएर आगलागी हुँदा बाँध निर्माणमा प्रयोग हुने एक थान जेनेटरलगायतका सामान जलेर नष्ट भएका छन्।

प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell