PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

संसद बैठक ३ बजेसम्मका लागि फेरि स्थगित



पहिलोपोस्ट

काठमाडौं : आज बोलाइएको व्यवस्थापिका संसदको बैठक केही समयका लागि फेरि स्थगित भएको छ। आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ बजेसम्मलाई स्थगित गरेको थियो।

तर, १ बजे पनि बैठक बस्न नसकेपछि पुन: सुचना टाँस गरी दिउँसो ३ बजेसम्मलाई स्थगित गरिएको छ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको प्रमुख तीन दलको बैठक र बालुवाटारमा नै १ बजे बस्ने मन्त्रिपरिषद्को बैठकको कारण संसद बैठक स्थागित भएको हो। दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्बोधन गर्दैछन्। दाहालले सम्बोधनबाट नै प्रधानमन्त्रीको पदबाट राजिनामा दिने बालुवाटार स्रोतले जानकारी दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell