PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

पशुपतिशम्सेरले भने–हलो छोड्नु नै पराजयको कारण



रासस

पशुपतिशम्सेरले भने–हलो छोड्नु नै पराजयको कारण

नगरकोटः राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले चुनाव चिह्न ‘हलो’लाई छोडेर ‘गाई’मा जानु नै निर्वाचनमा पार्टी पराजयको कारण भएको बताएका छन् । 

भक्तपुरमा आयोजित साक्षात्कारमा राणाले हलोलाई नछाडेको भए यस्तो पराजयको अवस्था नआउने दावी गरे ।

दोस्रो चरणको  निर्वाचनमा पार्टीले उचित निर्णयका साथ रणनीति अपनाउनुपर्ने बताउँदै राणाले देशमा तत्कालै संसदीय निर्वाचन आवश्यक रहेको बताए । राणाले अब गठन हुने नयाँ सरकारमा राप्रपा सहभागी हुने जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell