PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

प्राइम मिनिस्टर कपमा आर्मीको विजयी सुरुवात, सागर पुनको अलराउण्ड प्रदर्शन



पहिलोपोस्ट

प्राइम मिनिस्टर कपमा आर्मीको विजयी सुरुवात, सागर पुनको अलराउण्ड प्रदर्शन
म्यान अफ दी म्याच आर्मीका सागर पुन

काठमाडौं : सागर पुनको अलराउण्ड प्रदर्शन तथा अनिल मण्डलको अर्धशतकको मद्दतमा त्रिभुवन आर्मीले प्रथम प्राइम मिनिस्टर कप वान डे क्रिकेटमा मंगलबार विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा भएको उद्घाटन खेलमा आर्मीले पूर्वाञ्चल टिमलाई ९ विकेटले पराजित गर्‍यो। आर्मीको जितमा सागर पुनले अलराउण्ड प्रदर्शन गर्दै ५ विकेट लिए भने नटआउट ४० रन बनाए। यस्तै अनिल मण्डलले नटआउट ५६ रन बनाए।

टस जितेर फिल्डिङ रोज्दै आर्मीले पूर्वाञ्चललाई पहिले ब्याटिङको निम्तो दियो। राष्ट्रिय खेलाडीहरुको साथ पाएको आर्मीले उत्कृष्ट बलिङ गरेपछि पूर्वाञ्चल ३२.२ ओभरमा १०३ रनमा अलआउट भयो।

पूर्वाञ्चलका लागि मेहवुव आलमले सर्वाधिक ३६ रन बनाए। ४२ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे। यस्तै विधान गोस्वामीले १९ तथा अंकित सुवेदीले १२ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

आर्मीका सागर पुनले ९ ओभर बलिङ गर्दै २ मेडन राखेर १६ रन खर्चिदै सर्वाधिक ५ विकेट लिए। यस्तै सुशन भारीले ३ तथा सोमपाल कामीले २ विकेट झारे। पहिलो पटक आर्मीबाट खेलेका शहाव आलमले ५ ओभर बिलङ गर्दा १ मेडन राख्दै कुनै विकेट निलइ १४ रन खर्चे।

१०४ रनको सामान्य लक्ष्य आर्मीले १८ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। आर्मीले ओपनर महेश क्षेत्रीलाई पहिलो ओभरमै शुन्यमा गुमायो। मेहवुव आलमले महेशलाई आउट गरे। तर दोस्रो विकेटका लागि अनिल मण्डल र सागर पुनले नटआउट १०६ रनको साझेदारी गरेपछि आर्मीले सहज जित हात पार्‍यो।

अनिल मण्डलले ६३ बलमा ८ चौका प्रहार गर्दै ५६ रन बनाए। ४८ बल खेलेका सागरले ३ चौका र १ छक्कोको मद्दतमा ४० रनको योगदान गरे।

जितपछि समूह बी मा रहेको बर्मीले २ अंक जोडेको छ। प्रतियोगिताअन्तर्गत बुधबार समूह बी कै नेपाल पुलिस र सुदूरपश्चिमाञ्चल बीच खेल हुनेछ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा केसीटिसीको व्यवसथापनमा आयोजना भएको प्राइम मिनिस्टर वान डे क्रिकेटको विजेताले नगद २० लाख प्रापत गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell