PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

बिहेको हल्ला चलेपछि तमन्नालाई तनाव, विज्ञप्ति नै गरिन् जारी



पहिलोपोस्ट

बिहेको हल्ला चलेपछि तमन्नालाई तनाव, विज्ञप्ति नै गरिन् जारी

अखबारहरुमा दक्षिण भारतकी चर्चित हिरोइन तमन्ना भाटियाले कम्प्युटर इन्जिनियरसँग डेटिङमा रहेको खबर व्यापक भयो। बाहुबली हिरोइनले आफूमाथिको खबरलाई खण्डन गर्दै आफ्नो करिअरमै व्यस्त रहेको जनाएकी छिन्।

यो गलत समाचार हो। म बिहे गर्दैछैन। कुनै दिन मैले जीवन साथी पाएँ भने विश्वलाई सबैभन्दा पहिले म जानकारी गराउँछु,’ तमन्नाले विज्ञप्ति नै जारी गरेर भनेकी छिन्, ‘म अहिले प्रभु देवाको फिल्म सुटिङमा व्यस्त  छु भने केही अरु फिल्महरु पनि यसपछि सुरु हुनेछन्।

समाचारमा तमन्नाले बिहे गरेपछि फिल्मी करिअर रोकिनेसमेत सार्वजनिक भएपछि उनी त्यसको प्रतिकारमा उत्रिएकी हुन्।  

तमन्नका बाबु पनि छोरीको समाचारले आश्चर्य चकित भएको बताउँछन्। तमन्नाको व्यवसायिक करिअरको व्यवस्थापन गरिरहेका उनका बाबुले भने, ‘उनको बिहे योजनाबारे मैले समाचार पढेँ जुन पूर्णत हल्लामात्र हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell