PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

आमिर आउट, प्रियंका बन्दै ब्रान्ड एम्बेसडर



पहिलोपोस्ट

आमिर आउट, प्रियंका बन्दै ब्रान्ड एम्बेसडर
फोटो : news.indiglamour.com

‘असहिष्णु’ भनाइलाई कारण देखाउँदै भारतको पर्यटन मन्त्रालयले आमिर खानलाई ‘इन्क्रेडिबल इन्डिया’ को ब्रान्ड एम्बेसडर नबनाउने भएको छ। भारतको पर्यटन पर्वर्द्धनमा आमिरलाई ब्रान्डका रुपमा लिइएको थियो। ब्रान्ड एम्बेसडर सम्झौतामा उनलाई स्थान नदिने तयारी भएको हो।
आमिरको साटो अमिताव बच्चन र प्रियंका चोपडालाई यो क्याम्पेनिङको हिस्सा बनाइँदैछ। यतिखेर अन्तर्राष्ट्रिय रुपमा प्रिंयकाको क्रेज बढेकाले उनले अमिताव बच्चनलाई समेत पछि पार्न सक्ने देखिन्छ।

विदेशमा बलिउडका हिरोइनहरुमा सबैभन्दा बढी चर्चा यतिखेर प्रियंकाकै छ। भारत भ्रमणमा महिला असुरक्षित छन् भन्ने कुरालाई चिर्नका लागि पनि प्रियंकाको भूमिका हुनसक्ने भएकाले उनको पल्ला भारी भएको हो।

अर्कोतिर पानामा पेपर्समा नाम जोडिएका कारण अमिताव बच्चन विवादमा आएका छन्। तर, पर्यटन मन्त्री महेश शर्माले अमितावलाई हटाइएको वा प्रियंकालाई स्थान दिन लागिएको दुवै अस्वीकार गरेका छन्। उनले निर्णय नभइसकेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell