PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

यिनलाई चिन्नुस् जसले खोज्छिन् करोडपतिलाई पत्नी र पैसा नहुनेलाई डेटिङ स्पट



पहिलोपोस्ट

यिनलाई चिन्नुस् जसले खोज्छिन् करोडपतिलाई पत्नी र पैसा नहुनेलाई डेटिङ स्पट

ब्रिटेनकी लारा एस्प्रे हाइ प्रोफाइल 'लमी' हुन्, जसले केवल करोडपतिहरुका मात्र सम्बधन्ध जोड्ने काम गर्छिन्। उनका अधिकांश ग्राहक ५० वर्षभन्दा माथिका उमेरका महिला तथा पुरुष छन्।
 
डेली मेलको रिपोर्ट अनुसार, लारा एस्प्रेले बिहेका लागि लमीको मात्र काम गर्दिनन्। उनले 'डेट' का लागि पार्टनर पनि खोजिदिन्छिन्। उनले डेटमा कसरी जाने वा कसरी तयार हुने भनेर पनि सिकाउँछिन्। यसका लागि उनलाई लाखौं शुल्क तिर्नुपर्छ।
 
३३ वर्षकी लाराका अनुसार, करोडपतिहरुको च्वाइसमा विविधता हुने भएकाले लमी बन्ने काम निकै गाह्रो छ।
 

६ महिनाको फिस २० लाख

लाराका अधिकांश ग्राहक करोडपति वा अर्बपति छन्। त्यसै कारण पनि उनको फिस महँगो हुने गरेको छ। सम्बन्ध जोड्ने काम आजको भोलि हुँदैन। त्यही भएर उनले ग्राहकलाई ६ महिनाको प्याकेज दिने गरेकी छिन्, जसको फिस हुन्छ २० लाख रुपैयाँ। लाराले अहिले धेरै पैसा नहुनेहरुका लागि 'डेटिङ इभेन्ट' आयोजना गर्ने गरेकी छिन्। लन्डनमा हुने इभेन्टमा भाग लिन ३५ पाउन्ड  आवश्यक पर्छ।
 
लारासँग १९ वर्षदेखि ७५ वर्ष उमेरका करिब दुई हजारभन्दा बढी ग्राहकको लिस्ट छ। उनीसँग यसबाहेक एउटा विशेष सूची पनि  छ, जसमा करोडपति वा अर्बपतिको नाम मात्र राखिएको छ। उनीहरुको उमेर ४० देखि ५० वर्षसम्मको छ।
 
लाराको ग्राहक लिस्टमा बैंकर, लगानी व्यवस्थापक, माथिल्लो तहका सरकारी कर्मचारी तथा व्यवसायीहरुको नाम छ। उनी ती नामलाई एउटा कालो रङ्को डायरीमा राख्छिन्।
 

डेटका लागि तयार

गएको महिना लाराले अमेरिकी एक व्‍यवसायीलाई फोन गरेर लन्डन बोलाइन्। सम्बन्धबिच्छेद गरेर बसेका ती व्यवसायीले लाराका लागि विशेष विमानको व्यवस्था गरे। लाराले दुई दिन ती व्यवसायीसँग बिताइन्। दुई दिनको अवधिमा लाराले व्यवसायीलाई डेटका लागि कसरी तयार हुने भनेर केही विशेष गुणहरु सिकाइन्।
 
लाराले डेली मेलसँग कुराकानी गर्दै भनेकी छिन्, ‘ती व्यवसायीलाई मैले कपालदेखि जुत्तासम्म कसरी तयार गर्ने भनेर सिकाएँ। ती व्यवसायी पहिले पुराना डिजाइनका कपडा तथा जुत्ता लगाउँथे।‘
 
लाराका अनुसार उनका ग्राहकहरु उनीसँग फरक फरक पेशा भएका जीवनसाथी खोज्छन्। एकपटक एक व्यवसायीले लारासँग संसारका धेरै भाषा जान्ने महिला जीवन साथीका रुपमा खोजिदिन आग्रह गरे। ती व्यवसायी चाहन्थे – ‘संसारका धेरै मुलुक घुम्नु पर्ने भएकाले भाषाको राम्रो ज्ञान भएको जीवनसाथी होस्।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell