
- पहिलोपोस्ट-

फुकुशिमाले र्याप्टिजम (र्याप एक्टिभिजम) नामक विश्वव्यापी परियोजना सञ्चालन गरिरहेकी छिन्, जुन १० देश र ५ महादेशमा कार्यरत छ। गएको वैशाखमा गएको भूकम्पपछि युवाको सक्रियता र संविधान निर्माणपछि उनीहरुको उत्साहको प्रशंसा गर्दै सांस्कृतिक अन्तरक्रियाका लागि कन्सर्ट गर्न लागिएको हो। यसले भूकम्पपछिको पीडामा मल्हम लगाउन सहयोग गर्ने दूतावासले जनाएको छ।

जापानी महिला फुकुशिमाले हिपहपमार्फत नै युरोप, एसिया र अफ्रिकामा ऐक्यबद्धता निर्माणसम्बन्धी काम गरिसकेकी छिन्।
११ गते भृकुटीमण्डपमा हुने कन्सर्टमा फुकुशिमाको ब्यान्डलाई नेपाली १९७४ एडी र समृद्धि राई लगायतका कलाकारले साथ दिनेछन्। यस्तै १७ गते पोखरामा हुने कन्सर्टमा रविन एन्ड द न्यु रिभोलुसन र मिलन एन्ड द ब्यान्डले पनि सघाउनेछन्।