PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

भोलि चन्द्रमाको आकार सबैभन्दा सानो, यस्तै आकार अब सन् २०३० को डिसेम्बरमा



पहिलोपोस्ट

भोलि चन्द्रमाको आकार सबैभन्दा सानो, यस्तै आकार अब सन् २०३० को डिसेम्बरमा

पूर्णिमाको दिन भोलि चन्द्रमा सबैभन्दा सानो आकारमा देखिनेछ। 'मिनी मुन' भनेर चिनिने चन्द्रमाको यो आकार हरेक १५ वर्षमा देख्‍न पाइन्छ।
 
चन्द्रमा आज राति नै पृथ्वीभन्दा ४ लाख ६ हजार ३ सय ५० किलोमिटर दुरीमा रहने छ। औशतमा चन्द्रमा र पृथ्वीबीचको दुरी ३ लाख ८४ हजार किलोमिटर हुने गर्छ। अन्तरिक्षमा कायम हुने यो दुरीले चन्द्रमाको आकारलाई सानो देखाउने हो।

'भोलि पूर्णिमाको दिन पृथ्वीको दुरीबाट टाढा रहने भएकाले औशतमा भन्दा चन्द्रमाको आकार सानो देखिने छ,' एम पी बिराला प्लानेटेरिअम कोलकाताका निर्देशक देवीप्रसाद दुवारीलाई उदृत गर्दै पीटीआईले जनाएको छ।

सबैभन्दा सानो आकारमा चन्द्रमा भोलि बिहान १०. ५५ बजे देखिने भएकाले धेरैले दिउँसोको घामका कारण 'मिनी मुन' देख्‍न सक्ने छैनन्।
सन् २०३० को डिसेम्बर १० मा मात्र यस्तै आकारको चन्द्रमा देख्‍न सकिने उनले जानकारी दिए।

ठूलो अर्थात् सुपर मुनभन्दा सानो चन्द्रमा १४ प्रतिशत कम आकारको हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell