PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

उधुम गर्मीले भारतमा लियो सय बढीको ज्यान, स्कुल विदा, निर्माण कार्यमा रोक



पहिलोपोस्ट

उधुम गर्मीले भारतमा लियो सय बढीको ज्यान, स्कुल विदा, निर्माण कार्यमा रोक
फोटो : www.deccanchronicle.com

गर्मीयामको सुरुवातसँगै भारतमा सयजना भन्दा धेरैले ज्यान गुमाएका छन्। बढ्दो तापक्रमले मानिसको ज्यान लिन थालेपछि विद्यालय बन्द गर्न परेको छ भने निर्माण तथा आउटडोरमा आधारित सरकारी काममा रोक लगाइएको छ।

भारतमा सबैभन्दा गर्मी मे र जुन महिनामा हुने गर्छ। तर यसपाला छिटै गर्मी बढेको छ। तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ। त्यसैले सरकारले विद्यालय बन्द र आपतकालीन सेवाहरुका लागि अलर्ट रहन भनेको छ।

दक्षिण भारतको तेलङ्गानमा ४५ जना मानिसको चर्को घामका कारण निधन भएको छ। आन्द्र प्रदेशमा १७ जनाको अकालमा ज्यान गएको छ। छिमेकी उडिसामा ४३ जनाको मृत्यु भएको छ। तर सरकारी अधिकारीहरुले भने उनीहरुको मृत्युको कारणमाथि अनुसन्धान भइरहेको जनाएका छन्।

इन्डियन मेट्रोलोजिकल डिपार्टमेन्टका निर्देशक वाई के रेड्डीले तेलङ्गनामा सन् २००६ यताकै चर्को तापक्रम रेकर्ड भएको जनाएका छन्।

रेड्डीले तेलङ्गानामा अझै मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाए। र तातो हावाबाट बच्न घरभित्रै रहनुपर्ने सुझाव दिए।

गर्मी विदा हुनु दुई साताअघि नै तेलङगानामा स्कुलहरु बन्द गरिएको छ। उडिसामा अप्रिल २६ सम्म विदा दिइएको छ भने निर्माणका काम रोक्न निर्देशन दिइएको छ।

छिमेकी पाकिस्तानमा गत वर्ष सबैभन्दा बढी तापक्रम मापन भएको थियो। त्यसैले अहिले ५ सय ठाउँमा पानी र ओत लाग्ने व्यवस्था मिलाइएको छ। पाकिस्तानमा अहिलेसम्म गर्मीका कारण मानिसको ज्यान गएको खबर आएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell