PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

​जस्ता बाबु उस्तै छोरा, राहुल द्रबिडका १० वर्षे छोराले हाने यु – १४ मा शतक!



पहिलोपोस्ट

​जस्ता बाबु उस्तै छोरा, राहुल द्रबिडका १० वर्षे छोराले हाने यु – १४ मा शतक!

भारतीय क्रिकेटर राहुल द्रबिडका छोरा समितले यु-१४ क्रिकेट टुर्नामेन्टमा शतक बनाएका छन्। बेङ्लोर युनाइटेड क्रिकेट क्लबबाट खेल्दै उनले १ सय २५ रन बनाएका हुन्। फ्रान्क एन्थोनी पब्लिक स्कुलविरुद्ध टाइगर कम म्याचमा उनले शतक हानेका हुन्

खासमा यो खेल बालबालिकामा बाघप्रति जागरण फैलाउनका लागि खेलाइएको थियो। यसै वर्षको अक्टोबर ११ मा ११ वर्ष लाग्ने उनले १ सय २५ रन बनाउँदा धेरै आश्चर्य चकित बने।

उनको शतकीय पारीका कारण २ सय ४६ रनले बेङ्लोरले गेम जित्यो। फ्रान्क एन्थोनी स्कुलका खेलाडी ८० रनमा अल आउट भए। आइपिएल खेलहरुमा समित बाबु राहुलसँग देखिने गरेका छन्।
 
समितले गत वर्ष पनि माल्या अदिती इन्टरनेसनल स्कुलका तर्फबाट दिल्ली पब्लिक स्कुल ह्वाइटफिल्ड विरुद्ध ९३ रन बनाएका थिए जुन प्रतियोगिता उनको टिमले ६३ रनले जित्यो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell