PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

​सलमानको सुटिङमा हजार पुलिस तैनाथ !



पहिलोपोस्ट

​सलमानको सुटिङमा हजार पुलिस तैनाथ !

जब बलिउडका भाइजानको कुरा आउँछ सबैले सोच्छन् – जे पनि हुनसक्छ। अनि अप्रत्यासित रुपमा जानकारी आयो – मुजप्फरपुरमा एक हजार सुरक्षाकर्मी पठाइयो सलमानको सुटिङमा। उत्तर प्रदेशमा सुटिङ हुँदै गरेको फिल्म सुल्तानमा सलमानको सुरक्षाका लागि यति धेरै बन्दोबस्त गरिएको हो जुन अहिलेकै सर्वाधिक भएको भारतीय मिडियाले जनाएका छन्। सलमान खान भएपछि – जे पनि हुनसक्छ भन्ने कुरालाई युपीले फेरि उजागर गर्‍यो।

केही दिनअघिमात्रै सलमान युपी आएका थिए। उनी मुजप्फरपुरबाहिरको एउटा फार्म हाउसमा बसे। त्यसलगत्तै फार्म हाउस जाने बाटोमा सुरक्षा व्यवस्था कडा पारियो। निजी २० सुरक्षा गार्ड बाहेक ठूलो संख्यामा प्रहरीहरु तैनाथ भए।

उनी आएको थाहा पाउनासाथ उनका फ्यानहरु हुत्तिएर उनीसामु पुग्ने गर्छन्। मंगलबार आएका उनीलाई ठूलो जमातले घेर्न सक्ने भएकाले पनि सुरक्षा व्यवस्था कडा मात्रै पारिएन सडकमा सर्वसाधरणका लागि आवतजावतमै रोक लगाइयो।

सुरक्षा व्यवस्था यति कडा पारिएको छ भने सलमानको फोटोसमेत कसैले खिच्न नसकुन भनेर निर्देशन दिइएको छ। सलमानको सुटिङ अवधिभर उनका फ्यानलाई टाढै राखियोस् भनेर विशेष व्यवस्था गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell