PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अन्तत: फेसबुक म्यासेन्जरमा ग्रुप कलिङको सुविधा



पहिलोपोस्ट

अन्तत: फेसबुक म्यासेन्जरमा ग्रुप कलिङको सुविधा
फोटो : www.digitaltrends.com

लोकप्रिय म्यासेजिङ एप फेसबुक म्यासेन्जरका ९० करोड मासिक रुपमा सक्रिय प्रयोगकर्ता छन्। धेरैले रेस्पोन्स गर्ने भएकाले म्यासेन्जरले आफ्नो सेवालाई थप अपग्रेड गरिरहेको छ।

यसै महिनाको सुरुवातमा एफ एट डेभलोपर कन्फरेन्समा फेसबुकले च्याट सपोर्ट फर च्याट बोट्सको घोषणा गरेको थियो। विशेषत कस्टुमर सपोर्टमा सुधारका लागि यसको घोषणा गरिएको हो। यसको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको ग्रुप कलिङको सुविधा हुनु हो।

'कुनै पनि ग्रुप कन्भर्सेसनबाट फोट आइकनमा ट्याप गरेर ग्रुप कल थाल्न सकिन्छ। त्यसपछि तपाईँले व्यक्तिगत रुपमा सहभागीलाई अर्को स्क्रिनमा देख्नुहुनेछ,' फेसबुकका डेभिड मार्कसले भने।

ग्रुप कलिङका लागि प्रयोगकर्ताले फेसबुकको लेटेस्ट भर्सनको म्यासेन्जर हाल्नुपर्छ।

फेसबुकले कति जनाबीच कुराकानी गर्न सकिन्छ भन्ने कुरा भने खुलाएको छैन। तर टेक टर्चले ५० जनासम्म यसमा समेटिने जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell