PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

टाइमको सय प्रभावशाली सूचीमा प्रियंका चोपडा



पहिलोपोस्ट

टाइमको सय प्रभावशाली सूचीमा प्रियंका चोपडा

विश्वले प्रियङ्का चोपडालाई कति प्रेम गर्छ? टाइम म्यागेजिनको सन् २०१६ का १०० सबैभन्दा बढी प्रभावशाली मानिसको सूचीमा ३३ वर्षीया हिरोइन समेटेको छ। त्यतिमात्र होइन टाइमले उनलाई नै कभर बनाएको छ। स्पेसल एडिसनमा उनीसहित ६ जनाको विशेष कभर गरिएको छ म्यागेजिनमा।

उनी बाहेक फिचरिङ हुनेमा लियोनार्दो डि क्याप्रियो, निक्की मिनाज, मार्क जुकरवर्ग र उनीक पत्नी प्रिसिला चान, क्रिस्चिन लेगार्ड र लिन मेनुअल मेरिन्डा रहेका छन्।

'मलाई कसैले हिरोइन भनोस् भन्ने चाहिन, स्टार भनोस् भन्ने पनि चाहिन,' प्रियंकाले टाइमसँगको अन्तर्वार्तामा भनेकी छिन्, 'मलाई लाग्छ मैले जुन फिल्म खेले त्यहाँ मलाई हटाउन सकिन्नथ्यो, ब्वाइजहरुलाई हटाउन सकिन्थ्यो।'

टिभी सो क्वान्टिकोमा लिड रोलमा आएपछि प्रियंका विस्तारै इन्टरनेसनल सेलिब्रिटी बन्न थालिन्। ओस्करमा उनको उपस्थिति विशेष मानियो र त्यहाँ उनलाई पिपल्स च्वाइस अवार्ड पनि मिल्यो। हलिउड फिल्म वेवाचमा उनी आउँदैछिन्।

प्रभावशाली सयको सूचीमा प्रियंकामात्र होइन भारतीय रिजर्भ बैंकका गभर्नर रघुराम राजन, टेनिस स्टार सानिया मिर्जा, फ्लिपकार्डका संस्थापकहरु विन्नी र सचिन वंशल र गुगल सिइओ सुन्दर पिचाई पनि समेटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell