PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

​भरतपुरमा भोलिदेखि भाटभटेनी



पहिलोपोस्ट

​भरतपुरमा भोलिदेखि भाटभटेनी

  • सरिता पौडेल -
चितवन : भाटभटेनी सुपर स्टोरको शाखा चितवनको भरतपुरमा खुलेको छ। चितवनमा खुलेको भाटभटेनीको १२औं शाखाको औपचारिक कारोबार भने भोलि शनिबारबाट हुनेछ।
 
भाटभटेनीका  संचालक मीनबहादुर गुरुङले उपत्यका बाहिर पोखरा र धरानपछि भरतपुरमा शाखा विस्तार गरिएको बताए। ‘भरतपुरमा ७५ करोडको लगानीमा भाटभटेनी खोलेका हौं,’ सञ्चालक गुरुङले भने, ‘यहाँ २ सय जनाले रोजगार पाएका छन्।‘
 
शाखा शुभारम्भको अवसरमा गार्मेन्ट लगायतका विभिन्न सामानमा १० प्रतिशत र मदिराहरुमा ५ प्रतिशत छुट सुविधा रहेको सञ्चालकले बताएका छन्। ‘दस वर्षअघि नै यस क्षेत्रमा भाटभटेनी खोल्ने सपना थियो,’ उनले भने, ‘विविध कारणले हुन सकेन बल्ल सफल भइयो।‘
 
उनले २ वर्षभित्र यसको शाखा विस्तार गरी २१ वटा बनाउने लक्ष्य रहेको जानकारी दिए।
 
स्टोरमा कपडा, श्रृङ्गार, विद्युतीय सामान, फर्निचर, खाद्यवस्तु राखिएको छ। एक हजार स्वदेशी उत्पादनका साथै विदेशमा बनेका दसौं हजार सामान स्टोरमा उपलब्ध रहनेछ। भाटभटेनी मार्फत् चितवनका स्थानीय उत्पादनलाई अन्यत्र विस्तार गर्न आफूहरुले सहयोग गर्ने संचालक गुरुङले बताए। उनले भाटभटेनी सुपरस्टोरलाई नेपालीको सुपरस्टोर बनाउने आकांक्षा अनुरुप सेयर सर्वसाधारणमा बिक्री गरी पब्लिक कम्पनीमा जाने योजना रहेकोसमेत जानकारी दिए।
 
चितवनबाट आएको नाफाको केही भाग यहाँकै समाजसेवामा खर्चने जानकारी उनले दिए। भाटभटेनीले अहिलेसम्म पाँच हजार बढीलाई रोजगारी दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell