PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

​गेम छाडेकोमा वेस्ट इन्डिजलाई ४ करोड १९ लाख डलर जरिवाना



पहिलोपोस्ट

​गेम छाडेकोमा वेस्ट इन्डिजलाई ४ करोड १९ लाख डलर जरिवाना

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)का अध्यक्ष शशांक मनोहरले वेस्ट इन्डिज क्रिकेट बोर्डलाई ४ करोड १९ लाख अमेरिकी डलर जरिवाना हुने जनाएका छन्। सन् २०१४ मा भारतविरुद्धको खेल बीचमै छाडेको भन्दै बीसीसीआईले जरिवानाको सूचना दिएको हो।

मनोहरले खेलका बाँकी भाग सन् २०१७ मा खेलिनेसमेत जानकारी दिए।

इन्डिया टुर बीचमै छाडेपछि दुई देशको क्रिकेट बोर्डबीच सम्बन्ध चिसिएको थियो। वेस्‍ट इन्डिजले भारतलाई चार टेस्ट म्याचका लागि निम्त्याएपछि सम्बन्ध सुधारको बाटोमा गएको हो।

‘अर्को वर्ष उनीहरु यहाँ आएर बाँकी रहेको खेल पूरा गर्नेछन्। उनीहरु यहाँ आएर खेल्ने भएपछि स्थितिमा सुधार आएको छ,’ मनोहरले इएसपीएनक्रिकइन्फोलाई जनाएका छन्। सन् २०१७ मा हुने खेलको मिति भने तय भइसकेको छैन। मे महिनाभित्र समय तालिका सार्वजनिक गरिने तयारी छ।

सन् २०१४ मा वेस्ट इन्डिज क्याप्टेन ड्यान ब्राभोको टिमले एक दिवशीय खेल बहिस्कार गरेर हिँडेपछि सम्बन्ध बिग्रिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell