PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अर्बपतिका यस्तायस्ता सौख!



पहिलोपोस्ट

काठमाडौं : संसारका केही अर्बपतिहरु पैसाका कारणले नभएर अचम्म लाग्दो बानी व्यहोराका कारण चर्चित छन्। उनीहरु आफ्ना सौखहरु पूरा गर्न करोडौं रुपैयाँ पानी जसरी बगाउन तयार छन्।

कसैले आफ्नो निजी जेटलाई 'गोल्ड प्लेटेट' गरेका छन् त कसैले 'लाइव स्टन्ट' गर्न लगाएर चर्चा कमाएका छन्।
 

प्लेनमा सुनको डिजाइन

सन्सारका सबैभन्दा धनी राजा ब्रुनाइका सुल्तान हसनल बोकियाले आफ्नो लक्जरी लाइफका लागि अर्बो सम्पति खर्च गरेका छन्। उनले ४० करोड डलर खर्चेर वोइङ ७४७ खरिद गरेका थिए। यसमा उनले विशेष तरिकाबाट इन्टेरियर डिजाइन गराएका छन्। यो प्लेन आन्तरिक डिजाइनका लागि ठूलो परिमाणमा सुनको प्रयोग गरिएको छ। यसका लागि सुल्तानले अतिरिक्त १२ करोड डलर खर्च गरेका छन्।
 
सुल्तानसँग एयर बससँगै साना प्लेन र प्रसस्त हेलिकप्टर छन्। उनीसँग ब्यक्तिगत सम्पति मात्र ४० अर्ब डलर हाराहारीमा छ। उनीसँग सात हजार वटा त निजी कार मात्र छन्।
 

नाङ्गो हुँदा १० लाख डलर पुरस्कार

ब्रिटेनका सफल निर्देशक, अभिनेता तथा व्यवसायी अल्की डेविडको सम्पति एक अर्ब ६० करोड डलर अनुमान गरिएको छ। उनले आफ्नो सम्पति खर्च गर्ने तथा कम्पनीको प्रवर्धन गर्न नयाँ तरिका अपनाएका छन्। उनले आफ्नो वेबसाइटलाई पपुलर बनाउनका लागि 'लाइभ क्रेजी स्टन्ड' का लागि लाखौं डलर खर्च गरेका छन्। उनले अमेरिकी राष्ट्रपति वाराक ओवामाको र्‍यालीहरुमा कपडा नलगाइ कोही दौडिए त्यसलाई १० लाख डलर दिने घोषणासमेत गरेका थिए।
 

आइल्यान्ड किनेर सङ्ग्राहलय

रुसका एक जना व्यवसायी अब्रामोविचले न्यु होल्यान्ड आइल्यान्ड २५ करोड युरोमा किनेर त्यहाँ आर्ट म्युजियम बनाएका छन्। उनले त्यहाँ महँगा महँगा पेन्टिङहरु राखेका छन्। उनले आइल्यान्डलाई त्यो बेला म्युजियम बनाए जुन बेला उनी त्यहाँ आफ्नी गर्लफ्रेन्डसँग डेटमा गएका थिए। उनी फुटबल क्लव चेल्सीका पनि लगानीकर्ता हुन्।
 

महँगो आवास एन्टिलिया

छिमेकी भारतका मुकेश अम्बानीको पनि अचम्मलाग्दो सोख छ। रिलायन्स इन्ड्रस्ट्रिजका मालिक अम्बानीले सन्सारकै सबैभन्दा महँगो निजी आवास बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell