PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कनकमणि दीक्षितलाई अख्तियारले समात्यो



पहिलोपोस्ट

कनकमणि दीक्षितलाई अख्तियारले समात्यो

  • पहिलोपोस्ट - 
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चर्चित पत्रकार तथा साझा यातायातका सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई पक्रेको छ। उनको सम्पत्तिको स्रोत माथि प्रश्न गर्दै अख्तियारले त्यसको स्रोत खुलाउन भनेको थियो।

दीक्षित प्रकाशक रहेको हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपालले दीक्षितलाई समातेको पुष्टि गरे। आज दिउँसो २ बजे उनलाई पाटनबाट अख्तियारले पक्राउ गरेको हो। 

ढोकैमा क्याफेमा बसेका दीक्षितलाई पत्र थमाउँदै सिटी पुलिसको भ्यानमा राखेर लगिएको थियो। उनलाई लैजान लागेको थाहा भएपछि हिमाल खबर पत्रिकाका पत्रकारहरु त्यहाँ भेला भएका थिए। 

के छ उनलाई पक्राउ गरेको पूर्जीमा। पूर्जीको पूरा पाठ पढ्न क्लिक गर्नुस्


‘विधिसम्मत रुपमा मागियो भने सम्पति विवरण बुझाउन मलाई कुनै आपत्ति छैन,’ उनले पहिलोपोस्टसँग भनेका थिए, ‘मलाई सम्पति लुकायो, भाग्न खोज्यो भन्ने आरोप लगाउलान्। तर मेरो भन्नु के छ भने यो गैरकानुनी रुपमा मागिएको हो। गैरकानुनी मागलाई नागरिकले प्रश्रय दिनु हुन्न।‘

अख्तियारको कदमविरुद्ध दीक्षित सर्वोच्च अदालत पुगेका थिए। दीक्षितले गत २९ मंसिरमा उजुरी र आरोपबारे कुनै जानकारी नदिई कानुन बाहिर गएर सम्पति विवरण मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रमुख आयुक्त लोकमानसिंह कार्की सहित ६ जना विरुद्ध मुद्दा दायर गरेका थिए।

'कानुनको अख्तियारी र प्रयोजन नखुलाई अनुसन्धानका नाममा अन्य कुनै कारवाही गर्न नमिल्ने हुन्छ। कानुनी राज्यको सिद्धान्त र भावनाको कदर गरि संविधान र कानुनले दिएको अख्तियारी र जिम्मेवारी पूरा गर्नु आयोगको अधिकार एवम् कर्तव्य हुन्छ', उनको मुद्दा सुनुवाई गर्दै सर्वोच्चले दिएको आदेशमा भनिएको छ। 

यो पनि पढ्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell