PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

​विमानभित्रैपछि कनकमणिविरुद्ध अख्तियारको दोस्रो अटेम्प्ट पाटनमा



पहिलोपोस्ट

​विमानभित्रैपछि कनकमणिविरुद्ध अख्तियारको दोस्रो अटेम्प्ट पाटनमा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ पत्रकार, लेखक एवम् साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई आज पक्रेको छ। अख्तियारले पक्राउ गर्दै पुर्जी दिए पनि उनीमाथि अख्तियारको यो दोस्रो 'पुर्जी अटेम्प्ट' हो।

गएको मंसिरमा अख्तियारले दीक्षितमाथि पहिलो प्रहार गरेको थियो। पहिलोपटक उनलाई प्रहरीले पक्राउ त गरेन तर दिल्ली उड्नै लागेको नेपाल एअरलाइन्सको प्लेनभित्रै उनलाई पत्र पुग्यो अख्तियारको। त्यसपछि उनले ट्विट गर्दै भनेका थिए, ‘अख्तियारको पत्रबाहक जागरुक थिए। दिल्ली उड्न लागेको नेवानी जहाजभित्रै आएर पत्र थमाए।’

साझा यातायात अध्यक्षको हैसियतमा अख्तियारले उनलाई त्यतिखेर पत्र काटेको थियो। र, सम्पत्तीको स्रोत खुलाउन भनेको थियो।
 

‘अख्तियारको चलानी नम्बर ७३४ मार्फत् साझा यातायात अध्यक्ष हैसियतमा उपस्थित हुन बोलायो कोठा नम्बर ४१६ मा। उपस्थिति जनाउने हतारो, उत्सुकताको सीमा रहेन,’ उनले ट्विटमा लेखेका थिए।

पछि अख्तियारले निजी रुपमा सम्पत्ती खोजेको भन्दै उनले सर्वोच्चको ढोका ढक्ढक्याएर मुद्दा खारेजको प्रयास गरे। अख्तियारले उनको मागअनुसार निर्णय त गरेन तर अख्तियारलाई सचेत भएरमात्र कदम चाल्न निर्देशन दियो।
  यसपाला दीक्षितले अख्तियारबाट दोस्रो पत्र बुझे यो पनि साझा यातायातकै अध्यक्षका रुपमा। पहिलो पत्र उनले विमानभित्रै हात पारेका थिए भने यसपटक प्रहरीले नै पक्राउ पुर्जी लिएर गएको थियो। पत्रको विवरणमा नै उन सहजै नआए सुरक्षाकर्मीले नै पक्रेर लैजाने लेखिएको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell