PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अख्तियार भन्छ : दीक्षितले बुझाएको सम्पत्ति विवरण र भएकोबीच मेल खाएन



पहिलोपोस्ट

  • पहिलोपोस्ट -
काठमाडौं : साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बुझाएको सम्पत्ती विवरण उनको चल अचल सम्पत्ती र बैंक खातामा भएको रकमसँग मेल नखाएपछि उनलाई पक्रेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
 
साझा यातायातका अध्यक्षलाई पक्राउ गरिएको सम्बन्धमा अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ – आयोगको अनुसन्धानका क्रममा निज दीक्षितले सो सम्पत्ती विवरण समुल्लेखन गर्नु भएको आफ्नो एवं परिवराका नाममा रहेको चल, अचल सम्पत्ती, बैंक खानता लगायतका विवरणहरु यकिननका लागि सम्बद्ध निकायहरुमा पत्राचार गरिएको र सो बाट संकलित कागजात एवं विवरण, निजले आयोगमा उपलब्ध गराएको सम्पत्ती विवरणसँग मेला खाएको देखिएन।

यसका साथै दीक्षित विरुद्ध थप तथ्य र प्रमाण फेला परेको आख्तियारको दावी छ। ती तथ्यमाथि कैफियत देखिएको भन्दै अख्तियारले पत्राचार गरेअनुसार आयोगमा बयान दिन नआउने जनाएपछि पक्राउ गरिएको दावी गरेको छ।
हेर्नुस् अख्तियारको विज्ञप्ति


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell