PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

संघीय गठबन्धनको कार्यक्रममाथि परराष्ट्र रुष्ट, भन्यो 'भियना कन्भेन्सन पालन गर'



पहिलोपोस्ट

काठमाडौं : हिजो राजधानीमा संघीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा कुटनीति क्षेत्रका प्रतिनिधिहरुले जनाएको सहभागितालाई लिएर परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले विदेश नीतिबारे भियना कन्भेन्स अनुरुप व्यवहार गर्नसमेत भनेको छ।

‘नेपाल सरकारलाई यो कार्यक्रमबारे जानकारी नै थिएन,’ परराष्ट्रले भनेका छन्। आज मन्त्रालयले जारी गरेको प्रेस नोटमा नेपालको आन्तरिक मामिलामा यहाँको सरकारलाई नै थाहा नदिई कार्यक्रम गर्नुलाई खेदजनक बताएको छ। आफ्नो दायित्व र जिम्मेबारी अनुसारमात्र आगामी दिनमा काम गर्न कुटनीतिक मिसनहरुलाई आग्रहसमेत गरेको छ। 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धन र विभिन्न देशका राजदूतबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा हिजो र्‍याडिसन होटलमा छलफल  भएको थियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell