PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रजातन्त्र सेनानी खत्रीको निधनमा कांग्रेसको शोक



पहिलोपोस्ट

काठमाडौं : हिजो राति नधन भएका प्रजातन्त्र सेनानी मोहनकुमार खत्रीको शव आज पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ।

काठमाडौँ महानगरपालिका वडा नं. ३३ का ८१ वर्षीय खत्रीको गए राति निवासमा निधन भएको हो। नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका उनले लामो समयसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा रहेर कार्य गरेका थिए। प्रजातन्त्रको स्थापनाको संघर्षका क्रममा २०१७ सालदेखि २०२७ सालसम्म उनी भारत निर्वासनमा रहेका थिए। पछि आम माफी पाएर स्वदेश फर्किएका थिए।

उनको आजै विहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा स्वर्गीय खत्रीले सक्रिय योगदानप्रति नेपाली कांग्रेसले शोक जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell