PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

आमिरको के सपना हो जुन पूरा हुन कठिन भइरहेको छ?



पहिलोपोस्ट

आमिरको के सपना हो जुन पूरा हुन कठिन भइरहेको छ?

गत महिना आमिर खानले एउटा सपनाको कुरा गरेका थिए। त्यो सपना थियो – उनकी आमा जीनत हुसैनको बनारसमा रहेको घर ख्वाजी मन्जिल उनलाई किनेर उपहार दिने।

दुखद् कुरा के रह्यो भने उनको यो सपना पूरा गर्नका लागि कानुनी झन्झटमात्र छैन। घरका तीनमध्ये दुई मालिक बिक्रीका लागि तयार छैनन्। उनीहरुबीच नै घरमा मुद्दा चलिरहेको छ। मुद्दा सुल्ट्याएर घर किन्न आमिर तयार छन् र यसका लागि पटक पटक छलफल पनि भइसकेको छ। आमिरका वकिलले यसमा मेहनत गरेका छन् तर प्रतिफल पाउन सकेका छैनन्

आमिरमात्र होइन त्यहाँ मानिसहरु पनि आमिरेले घर किनोस् भन्ने चाहन्छन् र उनीहरुलाई सम्झाउने कोसिसमा पनि जुटिरहेका छन्। अब हेर्न बाँकी छ – आमिरको तारे जमिन पर आउँछ कि आउँदै।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell