PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

सुटिङ सकियो 'हाउसफुल ३' को, हाँस्न तयार हुनुस्



पहिलोपोस्ट

सुटिङ सकियो 'हाउसफुल ३' को, हाँस्न तयार हुनुस्

बलिउडको सुपरहिट सिक्वेल हाउसफूलको तेस्रो संस्करण ‘हाउसफूल ३’ को सुटिङ पूरा भएको छ। साजिद-फराद सामजीको फिल्मको लिड रोलमा अक्षय कुमार, अभिषेक बच्चन, रितेष देशमुख, नरगिस फाकरी, लिसा हेडन र ज्याकलिन फर्नान्डेज रहेका छन्। रितेशले फिल्मको अन्तिम सुट सकाएपछि ट्विट गरेर फिल्मको सुटिङ सकिएको जनाएका थिए।

नोयडामा अन्तिम सुटिङ सकिएको थियो। कमेडी जेनराको फिल्मका अघिल्ला दुई सिक्वेलमा रितेष र अक्षयले स्क्रिन सेयर गरिसकेका छन् जसलाई साजिद खानले निर्देशन गरेका थिए। आगामी २४ अप्रिलमा फिल्मले ग्रान्ड ट्रेलर लन्चको कार्यक्रम राखेको छ। सयवटा सहरका स्क्रिनमा एकैपटक फिल्मको ट्रेलर लन्च गर्न लागिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell