PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मनोज बाजपेयीलाई जन्मदिनको ‘उपहार’ दादासाहेव फाल्के पुरस्कार



पहिलोपोस्ट

मनोज बाजपेयीलाई जन्मदिनको ‘उपहार’ दादासाहेव फाल्के पुरस्कार

फराह खान, हंसल महेता र अनुराग कस्यप जस्ता बलिउडका सेलिब्रिटीले मनोज बाजपेयीलाई ४७ औं जन्मदिनको शुभकामना दिएका छन्। सँगै सेलिब्रिटीहरुले उनलाई दादासाहेव फालके अवार्ड पाउन लागेकोमा पनि उत्तिकै बधाई दिएका छन्। हंसल मेहताको वायोग्राफिक ड्रामा ‘अलिगढ’बाट उनलाई क्रिटिक च्वाइसतर्फको बेस्ट एक्टर घोषित गर्दै सम्मान गरिन लागेको हो।

द्रोहकाल फिल्मबाट सन् १९९४ मा फिल्मी करिअरमा डेब्यु गरेका मनोजले शेखर कपुरको फिल्म बैन्डिट क्विनमा सानो भूमिका पनि निर्वाह गरेका छन्। सन् १९९८ मा रामगोपाल बर्माले बनाएको सनसनीपूर्ण फिल्म सत्यामा उनी ग्याङस्टारका रुपमा देखिएका थिए। यो फिल्म उनका लागि ब्रेक थ्रु नै सावित भयो। त्यसपछि उनले कौन र सुलमा पनि अभिनय गरे।

फिल्म जुविदा, राजनीति, ग्याङ्स अफ वासेपुर, चक्रव्युहू र स्पेसल २६ जस्ता फिल्ममा उनको अभियनलाई विशेष मानिन्छ।
मनोज बाजपेयी नेपालसँगै जोडिएको भारतीय प्रदेश बिहारका हुन्। उनी बलिउडमा स्थापित थोरै नेपाली भाषा बुझ्ने कलाकारभित्र पर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell