
काठमाडौं : 'लाल्टिन' यतिबेला आम दर्शक माझ प्रतिक्षाको चलचित्र फिल्म बनेको छ। दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र यहि जेठ २६ गतेबाट अल नेपाल रिलिज हुँदैछ।
प्रर्दशन मिति नजिकिदै गर्दा फिल्म युनिटले आफ्नो प्रचार-प्रसारलाई तिव्र बनाएको छ। यहि क्रममा लालटिनको प्रचारप्रसारमा अन्य कलाकारले पनि साथ दिन थालेका छन्।
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईदेखि निर्देशक मिलन चाम्स सम्मले आफु 'लाल्टिन' हेर्न उत्सुक रहेको र दर्शकलाई फिल्म 'लाल्टिन' हेर्न आग्रह गरेका छन्।
देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रमा दया, प्रियंकाको अलावा केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही, ए गुरुङ लगायतका कलाकारको अभिनय छ। लामो समय पछि यस चलचित्रमा दयाहाङ राई र प्रियंका कार्कीको जोडीलाई सँगै देख्न सकिनेछ।
यस्तै प्राय दर्शकको गुनासो हुन्छ, दयाहाङ राईको किन एउटै भुमिका? तर लाल्टिनमा दयाहाङलाई डनको भुमिकामा देख्न सकिन्छ। ठुलो बजेटको साथमा स्टारकास्ट पनि राम्रो भएको कारण यो चलचित्र प्रतिक्षित बनेको हो।
भानु प्रतापको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको लगानी छ।