PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रम केपी ओलीलाई ‘कालो पिण्ड’



पहिलोपोस्ट

प्रम केपी ओलीलाई ‘कालो पिण्ड’

काठमाडौं : विवेकशील नेपाली दलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो पिण्ड दिएका छन्। कालो पहिरनमा धरहरा पुगेका उनीहरुले भूकम्पपछि पुनर्निर्माणमा सरकारले देखाएको उदासिनताको विरोध गर्दै सांकेतिक विरोध जनाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरामा भूकम्पमा दिवंगत भएकाहरुको सम्झनामा धरहरामा पुष्पगुच्छा चढाएर फर्किएलगत्तै विवेकशील नेपालीले र्‍याली सुरु गरेको थियो। धरहरा नजिकैबाट सुरु भएको उनीहरुको र्‍याली वीर अस्पताल रत्नपार्क पुरानो बसपार्क हुँदै भद्रकालीसम्म पुगेको थियो। भद्रकालीमा उनीहरुले प्रधानमन्त्रीलाई सांकेतिक रुपमा कालोपिण्ड दान गरेका थिए। 

एक वर्षसम्म सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि कुनै कदम चाल्न नसकेकाले सांकेतिक रुपमा विरोध गरेको विवेकशील नेपालीका व्यवस्थापिका प्रमुख गोविन्द नारायणले जानकारी दिए। भूकम्पको एक वर्षसम्म पनि सरकार  निजी घर र सम्पदाहरुको पुनर्निर्माणमा गम्भीर नभएकाले सांकेतिक विरोध जनाएको उनले बताए। 

पुनर्निर्माणमा सरकारको ध्यानआकर्षण गर्न विवेकशील नेपालीले २१ दिनदेखि काठमाडौंको बिभिन्न ठाउँमा रिक्सा र्‍याली गरेको थियो।

फोटो सौजन्य : विवेकशील नेपाली






 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell