PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भारतीय मिडिया भन्छ : 'कनकमणि 'प्रो-इन्डियन' पत्रकार !



पहिलोपोस्ट

भारतीय मिडिया भन्छ : 'कनकमणि 'प्रो-इन्डियन' पत्रकार !
दीक्षितको ट्विटरबाट लिएर डिएनएले प्रकाशित फोटो।

काठमाडौं : संविधान निर्माणमा दवाव र भारतीय नाकाबन्दीविरुद्ध 'मुभमेन्ट' हाँकेका पत्रकार कनकमणि दीक्षितलाई भारतीय मिडियाले ‘भारत परस्त चर्चित नेपाली पत्रकार’ भन्दै समाचार प्रकाशन गरेको छ। 'प्रो इन्डियन नेप्लिज जर्नालिस्ट कनकमणि दीक्षित एरेस्टेड वाइ एन्ट्री-ग्राफ्ट बडी’ शीर्षकमा भारतीय पत्रिका डिएनएले लेखेको छ –

'भारतपरस्त मानिने सुपरिचित नेपाली पत्रकार कनकमणि दीक्षितलाई सार्वजनिक पदको दुरुपयोग गरेर ठूलो परिमाणमा गैरकानुनी पैसा जम्मा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। 

...अख्तियारबाट खटिएका २० प्रहरीले अधिकारकर्मी र काठमाडौंमा सार्वजनिक बस सञ्चालन गर्ने साझा यातायातका अध्यक्ष दीक्षितलाई उनकै निवास नजिकबाट पक्रेको हो।'

समाचारमा अख्तियारलाई उदृत गर्दै उनलाई पक्राउ गर्नुका कारणहरु पनि खुलाइएको छ। साथै नागरिक समाजका नेतासमेत रहेका दीक्षितले अप्रजातान्त्रिक हिसाबले आफूलाई गिरफ्तार गरेको प्रसंग नेपाली मिडियालाई उदृत गर्दै समाचारमा जनाइएको छ।

समाचारमा भनिएको छ, ‘हिमाल र नेपाली टाइम्स म्यागेजिनका प्रकाशक दीक्षित भारत परस्त पत्रकारका रुपमा चिनिन्छन्, उनी भारतीय लिडिङ मिडिया आउटलेटमा पनि लेख्छन्।’

कनकमणि मुख्य सचिव !

त्यसैगरी बीबीसी हिन्दीले कनकमणिलाई राजतन्त्रको दौरान सरकारका मुख्य सचिव रहेको लेखेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell